किंग्सटनले ल्यायो विश्वको सबैभन्दा उच्च क्षमताको पेन ड्राइभ

Technology Khabar २४ पुष २०७३, आईतवार

काठमाडौं ।

काठमाडौं, २४ पुस । किंग्सटनले विश्वको सबैभन्दा अधिक क्षमता भएको पेन ड्राइभ अर्थात फ्ल्याश ड्राइभ सार्वजनिक गरेको छ । किंग्सटनले (Kingston) अमेरिकामा आयोजना भईरहेको कन्ज्यूमर इलेक्ट्रोनिक्स सो (सिईएस) २०१७ मा आफ्नो डाटा ट्राभलर अल्टिमेट जी टी (Ultimate GT) फ्ल्याश ड्राइभ सार्वजनिक गरेको छ । कम्पनीले यसलाई २ टेराबाईट अर्थात २००० जीबीको स्टोरेजसहित विश्वको सबैभन्दा अधिक क्षमता भएको यूएसबी फ्ल्याश ड्राइभ उल्लेख गरेको छ ।

यो नयाँ फ्ल्याश ड्राइभमा १ जीबी साइजका २ हजार वटा सिनेमा राख्न सकिन्छ । त्यसैगरी अहिले यो पेन ड्राइभमा ७० घण्टासम्मको फोरके भिडियो सुरक्षित राख्न सकिन्छ ।

कम्पनीले यसका साथै नयाँ १ टिबीको फ्ल्याश ड्राइभ पनि सार्वजनिक गरेको छ । हाल कम्पनीले यसको मूल्यको बारेमा कुनै जानकारी दिएको छैन् । फ्ल्याश ड्राइभ यूएसबी ३.१ जेन वान कम्प्याटिबल रहेको छ । कम्पनीले यसमा रिड तथा राइटको प्रकृया उच्चतम रहेको बताएको छ ।
यो पेन ड्राइभ जिंक एलोय मेटल बडीद्धारा निर्मित रहेको छ ।

प्रकाशित: २४ पुष २०७३, आईतवार

तपाइको प्रतिक्रिया