भिबोर सोसाइटी डेभलपमेन्ट बैंकलाई वेस्ट इन्टरप्राइज पुरस्कार

  • Technology Khabar | २० पुष २०७३, बुधबार
भिबोर सोसाइटी डेभलपमेन्ट बैंकलाई वेस्ट इन्टरप्राइज पुरस्कार

काठमाडौं ।

काठमाडौं, १० पुस । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लि. लाई हालसालै समिट अफ लिडर्स २०१६, सोक्रेट्स अवार्ड सेरेमोनी, अक्सफोर्ड, लण्डनमा अन्तर्राष्ट्रिय वेस्ट इन्टरप्राइज अवार्डबाट सम्मानित गरिएको छ ।

उक्त पुरस्कार यूरोपियन बिजेनस एसेम्बलीद्वारा प्रदान गरिएको हो । साथै सो संस्थाले उक्त डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनाललाई म्यानेजर अफर दि ईयर समेत घोषणा गरेको छ ।

भिबोर सोसाइटीलाई बैंक तथा वित्तीय क्षेत्रमा कुशल व्यवस्थापनबाट शाखा संजाल मार्फत सर्वसाधारण जनतासम्म वित्तीय पहुँच पुर्याउन विशेष योगदान गरेको, ग्राहकहरुको हितमा कार्य गर्न सफल रहेको, साथै सफल बजार रणनीतिद्वारा आफूलाई बलियो रुपमा उभ्याउन सफल  भएको कारणहरुलाई समेटी उत्कृष्ट घोषित गरिएको हो ।

बैंकले ४२ वटा शाखा तथा १ एक्स्टेन्सन काउण्टरबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित: २० पुष २०७३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...