न्यूरोड मोबाइल महोत्सवमा १० करोड रुपैंयाभन्दा बढिको कारोबार

  • Technology Khabar | १५ पुष २०७३, शुक्रबार
न्यूरोड मोबाइल महोत्सवमा १० करोड रुपैंयाभन्दा बढिको कारोबार

काठमाडौं ।

काठमाडौं, १५ पुस । नेपाल मोबाइल व्यवसायी संघले यहि पुष १३ गतेदेखि आयोजना गरिरहेको न्यूरोड मोबाइल महोत्सव २०७३ मा १० करोड रुपैंया भन्दा बढिको कारोबार भएको छ ।

मोबाइल हबको रुपमा चिनिने पाको, न्यूरोड क्षेत्रमा आयोजना भईरहेको न्यूरोड मोबाइल महोत्सव २०७३ मा स्मार्टफोन, एसेसरिज बिक्री बितरणका साथै विभिन्न मनोरन्जनात्मक गतिबिधि पनि आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा ग्राहकहरुको सहभागीता उल्लेखनिय हुँदा उत्साहित भएको महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले बताए । “यो मोबाइल महोत्सवमा मोबाइल किन्ने मात्र नभई ग्राहकहरुलाई विभिन्न आकर्षक अफर पनि दिएका छौं, जसले हाम्रो अनुमान भन्दा पनि बढि ग्राहकहरुको भिड देखियो” उनले भने, “महोत्सवमा नयाँ प्रविधिसहितका मोबाइल फोनहरुमा ग्राहकहरुको रुचि अधिक देखिएको छ ।”

महोत्सवका सह संयोजक आविश्कारलाल श्रेष्ठले न्यूरोड क्षेत्रमा प्रवेश गर्ने हरेक ग्राहकहरुले उपहार प्राप्त गर्ने जानकारी दिए । उनले भने, “हामीले हात खाली नहुने अफर ल्याएका छौं जसमा ग्राहकहरुले विभिन्न सामाग्री तथा उपहारहरु प्राप्त गर्नेछन् ।”

त्यसैगरी मोबाइल व्यवसायी संदिप श्रेष्ठले व्यवस्थितरुपमा न्यूरोड मोबाइल महोत्सव आयोजना गरिएको भन्दै महोत्सवभर ग्राहकहरुलाई पुरै सन्तुष्ट पार्ने प्रयास भएको बताए । “हामी हरेक ग्राहकहरुको चाहना पुरा गर्ने गरि महोत्सवलाई अगाडि बढाईरहेका छौं,” उनले भने, “यो अहिलेसम्म आयोजना भएका मोबाइल महोत्सवमध्ये सबैभन्दा ठूलो इभेन्ट हो ।”

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको प्रायोजनमा आयोजना भईरहेको न्यूरोड मोबाइल महोत्सव २०७३ मा स्मार्टफोन खरिदकर्तालाई एनसेलको सिम तथा १०० एमबीको डाटा अफरमा दिईएको छ ।

महोत्सव अवधिभर हरेक अवलोकनकर्ताहरुले हात खाली नजाने गरि खेलमार्फत विभिन्न उपहार प्राप्त गर्न सक्ने तथा माइक्रोसफ्टको एउटा स्मार्टफोन किन्दा अर्को स्मार्टफोन अफर पनि राखिएको आयोजकले जनाएको छ ।

प्रकाशित: १५ पुष २०७३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...