Technology Khabar ६ पुष २०७३, बुधबार
काठमाडौं ।
काठमाडैं, ६ पुस । पश्चिम नेपालको पर्वत र वाग्लुङ जिल्लामा स्तरिय सेवा दिइरहेको रोडवेज यातायातले अब अनलाईनमार्फत् टिकट बुकिंग गर्न सकिने भएको छ ।
रोडवेज टुर्स एण्ड ट्राभल्स् प्रालिले सञ्चालन गरेको एसीयुक्त स्तरिय गाडिको टिकट अनलाईनबाट काट्न सकिने भएको हो । नेपालमा अनलाइनबाट बस टिकट काट्न सकिने सेवा दिइरहेको बससेवा डटकम मार्फत् रोडवेज यातायातका टिकट अनलाइनबाट काट्न सकिने रोडवेज टुर्स एण्ड ट्राभल्स्का प्रबन्ध निर्देशक उमेश केसीले बताए ।
यात्रुहरूलाई टिकट काट्नका लागि काउण्टरसम्म धाउनुपर्ने झन्झट नहोस् भन्ने उदेश्यले बससेवासँगको सहकार्यमा अनलाईन टिकटिङ सुरू गरिएको केसीको भनाई छ । रोडवेज यातायातले सञ्चालन गरेका गाडि नेपालमै सबैभन्दा बढि स्तरीय भएको कम्पनीको दाबी छ । एसीयुक्त गाडि भित्रै मिनिबार, बाथरूम, वाइफाइ, एयर सपेन्सर लगायतका सुविधा रहेका छन् ।
धौलागिरी यातायात व्यवसायी समितिका महासचिव समेत रहेका केसीले यात्रुरूलाई अत्याधुनिक सुविधा दिनुका साथै सुरक्षाका लागि जिपिएस प्रविधि समेत लागु गर्न लागिएको बताए । बससेवा डटकमका साथै इसेवा, इसेवा जोन पोइन्ट तथा नजिकका साइबर कम्युनिकेशनबाट समेत अनलाइन टिकट काट्न सकिने कम्पनिले जनाएकाे छ ।
प्रकाशित: ६ पुष २०७३, बुधबार