जेडटिई स्मार्टफोनमा ‘वार्म विन्टर अफर’, स्क्रयाच कार्डमार्फत विभिन्न उपहार

Technology Khabar ५ पुष २०७३, मंगलवार

काठमाडौं ।

काठमाडौं, ५ पुस । चीनियाँ स्मार्टफोन ब्राण्ड जेडटिईले नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले जाडोको मौसम पारेर ‘जेडटिई वार्म विन्टर अफर’ ल्याएको हो ।

जेडटिईको यो अफर अनुसार मोबाइल खरिदकर्ताहरुले कार्ड प्राप्त गर्ने र कार्ड स्क्रयाच गरेर स्योर सट उपहार पाउनेछन् ।

कार्ड स्क्रयाचमा बाल्ट्राको हिटर, वाल्ट्राको थर्मस, इलेक्ट्रीक केटल, २६०० एमएएचको पावर बैंक, सेल्फी स्टीक, १०,००० एमएएचको पावर बैंक, र नगद उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

जेडटिई फोनको नेपालका लागि आधिकारिक बिक्रेता इभोलुसन इन्टरप्राइजेजका मार्केटिंग म्यानेजर विशाल आचार्यले क्रिशमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर अफर ल्याएको जानकारी दिए ।

कम्पनीले हाल ब्लेड सिरिज, एक्सोज सिरिजका विभिन्न स्मार्टफोनहरु बजारमा बिक्री बितरण गरिरहेको छ ।

प्रकाशित: ५ पुष २०७३, मंगलवार

तपाइको प्रतिक्रिया