Technology Khabar ३ पुष २०७३, आईतवार
काठमाडौं ।
काठमाडौं, ३ पुस । आइएमएस ग्रुपअन्तर्गतको आइएमएस मोटर्सले साङयङका गाडीहरुको आइएमएस मोटर्स् एक्स्क्लुजिभ शोरुम काठमाडौंको नक्सालमा स्थापना गरेको छ । शोरुमको उद्घाटन नेपालका लागि रिपब्लिक अफ कोरियाका राजदूत चो यंग–जिनले गरेका थिए ।
उक्त शोरुम उद्घाटनसँगै आउँदो क्रिसमस तथा नयाँ वर्ष २०१७ को उपलक्ष्यमा साङयङका गाडी खरिदमा रु.५ लाखसम्मको नगद छुटको व्यवस्था समेत गरेको छ । उक्त अफर १८ डिसेम्बर २०१६ देखि ६ जनवरी २०१७ सम्म लागू हुने कम्पनीले जनाएको छ ।
प्रकाशित: ३ पुष २०७३, आईतवार