ड्यूल क्यामरा भएको ह्वावे जीआर५-२०१७ प्रि–बुकिङमा

  • Technology Khabar | ३ पुष २०७३, आईतवार

काठमाडौं ।

काठमाडौं, ३ पुस । ह्वावे कन्ज्युमर बिजनेश ग्रुप (सिबिजी) नयाँ डुअल क्यामरा स्मार्टफोन नेपाली बजारमा ल्याउने तयारीमा रहेको छ । ह्वावे (सिबिजी) ले आफ्नो नयाँ डुअल क्यामरा फोन ह्वावे जीअार५ २०१७ भर्सन (GR5 2017) को प्रि–बुकिङ यही पुस ३ गतेदेखि ७ गतेसम्म खुल्ला गरेको घोषणा गरेको छ ।

कम्पनीकाअनुसार यो आकर्षक र पावरफुल स्मार्टफोन प्राविधिक ट्रेण्डसेटरहरुका लागि बनाइएको हो । आफ्नो प्रिमियम डिजाइन र अत्याधुनिक प्रविधिका कारण ह्वावे जीअार५ जस्तै नै ह्वावे जीअार५ २०१७ भर्सन पनि अधिक मूल्यका ह्याण्डसेटलाई कडा प्रतिस्पर्धा दिन सक्षम भएको दाबी छ ।

यसका साथै नयाँ जीअार५ २०१७ भर्सन आफनो पुरानो भर्जनको पनि विकसित रुप हो, जसले अझ तिब्र परफरमेन्स, अतुलनीय ब्याट्री लाइफ र स्मार्टफोनको बजारमा नै सबैले खरिद गर्नसक्ने प्रिमियम डुअल क्यामरा प्रदान गर्ने कम्पनीको भनाई छ ।

बजेट प्रति सचेत हुने प्रयोगकर्ताहरुका लागि यस डिभाइसमा दुई वटा डुअल क्यामरा राखेर ह्वावेले सबैलाई उत्कृष्ट फोटो खिच्ने डुअल क्यामराको पावर प्रदान गरेको छ । ह्वावे जीअार५ २०१७ भर्सनको १२ मेगापिक्सेलको र २ मेगापिक्सेलको रियर क्यामराले मात्र ०.३ सेकेण्डमा एक साथ अटोफोकस गरेर प्रयोगकर्तालाई डाइन्यामिक डेप्थ अफ फिल्ड प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।

कम्पनीले भनेको छ, “जसले गर्दा खिचेको फोटोहरुमा निकै नै राम्रो स्पष्टता र वाइड–एंगल सट् पाइन्छ, जुन सिंगल लेन्सबाट खिच्दा सम्भव हुँदैन ।” यो स्मार्टफोनमा ड्यूल रियर क्यामरा बाहेक ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

फोनमा ५.५ इन्चको एचडी स्क्रीन राखिएको छ भने यसमा ब्लु लाइट फिल्टर आउट पनि राखिएको छ ।

हिसिलिकन किरिन ६५५ अक्टा कोर प्रोसेसरद्धारा संचालन हुने यो फोनमा ३ जीबी र्याम तथा ३२ जीबीको आन्तरिक स्टोरेज राखिएको छ, जसलाई बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ ।

ह्वावेको नयाँ जीआर ५ २०१७ भर्सनमा ३३४० एमएएचको ब्याट्री राखिएको छ ।

ह्वावे जीआर ५ २०१७ को मूल्य रु.२९,९९९ निर्धारण गरिएको छ र यो ग्रे, सिल्भर र गोल्ड रङ्गहरुमा उपलब्ध छ । कम्पनीले सुरुमा प्रि–बुकिङ गर्नेहरुका लागि १,३००० एमएएचको ह्वावे ओरिजिनल पावरब्याङ्क सित्तैमा दिने घोषणा गरेको छ ।

डुअल क्यामरा बाहेक, ह्वावे जीअार५ २०१७ भर्सनमा निम्न विशेषताहरु छन्ः

१२ एमबी र २ एमबीको दुइटा रियर क्यामराहरु
८ एमबी फ्रन्ट क्यामरा
इन्टेलिजेन्ट पावर–सेभिङ प्रविधि भएको ३३४० एमएएचको ठूलो ब्याट्री
हिसिलिकन किरिन ६५५ अक्टा कोर प्रोसेसर
०.३ सेकेण्डमा फाष्ट स्क्रीन अनलक
५.५ इन्चको हाइ–डेफिनेसन ठूला स्क्रीन
दृश्यको त्रुटी हटाउनको लागि ब्लु लाईट फिलटर आउट
३ जीबी र्याम, ३२ जीबी रोम, १२८ जीबीसम्मको माइक्रोएसडि कार्ड

प्रकाशित: ३ पुष २०७३, आईतवार

तपाइको प्रतिक्रिया