
काठमाडौं ।
काठमाडौं, ३० मंसिर । तपार्इँ याहु प्रयोगकर्ता गर्नुहुन्छ तपार्इँको बिवरणहरु ह्याक भएको हुनसक्दछ । कतै तपाईँका जानकारीहरु ह्याकरले चोरेका त छैनन् । हालै याहूले एक अर्ब भन्दा बढि प्रयोगकर्ताहरुको बिवरणहरु चोरी भएको जानकारी दिएको छ ।
सन् २०१३ मा भएको यो ह्याक अहिलेसम्मकै सबैभन्दा ठूलो ह्याकको घट्ना हो । तीन महिनाको अवधिमा याहू प्रयोगकर्ताहरुको जानकारी ह्याक भएको यो दोस्रो पटक हो ।
यसअघि सन् २०१४ मा ५० करोड एकाउन्ट ह्याक भएको समाचार सार्वजनिक भएको थियो । अहिलेको ह्याकको घट्नाले समस्याग्रस्त याहूलाई झनै समस्यामा पारेको छ । अहिलेको घट्ना यसअघि सार्वजनिक भएको ह्याकको घट्नाभन्दा अलग भएको याहूले उल्लेख गरेको छ ।
याहूको इन्टरनेट व्यवसाय खरिदगर्न कुराकानी गरिरहेको भेरिजोन कम्यूनिकेसन इन्कले नयाँ घट्नाको अध्ययन गरिरहेको र अन्तिम खरिद सम्झौताभन्दा अघि यसमा ध्यान दिने बताएको छ । याहूले आफ्नो इन्टरनेट व्यवसाय भेरिजोनलाई ४.८ अर्ब डलरमा बिक्री गर्ने तयारी गरिरहेको छ ।
याहूकाअनुसार यसअघिको ह्याकको घट्नामा संलग्न रहेका ह्याकरहरुको पहुँच कम्पनीको प्रोपराइटरी कोडसम्म पुगेको विश्वास गरेको छ जसले कुकीजलाई कसरी नक्कली बनाउने भनेर सिकाउँछ । यो पहुँचले ह्याकरहरुलाई एकाउन्टको पासवर्ड प्रयोग नगरिकन खोल्न अनुमति प्रदान गर्दछ ।
याहूले यो नयाँ ह्याकको घट्ना डाटाहरुको पुनः अध्ययनको क्रममा थाहा पाएको हो ।
कसरी एकाउन्ट सुरक्षित गर्ने
याहूकाअनुसार नयाँ ह्याकमा प्रयोगकर्ताहरुको नाम, इमेल एड्रेस, टेलिफोन नम्बरहरु, जन्ममिति, पासवर्डहरु तथा सेक्यूरिटी प्रश्नहरुको जानकारी ह्याकरहरुले प्राप्त गरेका छन् । त्यसैले याहूले आफ्ना इमेल प्रयोगकर्ताहरुलाई तत्काल पासवर्ड परिवर्तन गर्न र अहिलेको भन्दा ससक्त पासवर्ड राख्न आग्रह गरेको छ । याहूको एकाउन्टको सेटिंगमा गएर यसको पासवर्ड रिसेट गर्न सकिन्छ । सेटिंगमा रहेको पासवर्ड रिसेटमा गएर आफ्नो नयाँ पासवर्ड राखेर इमेल एकाउन्ट सुरक्षित बनाउन याहूले सबैलाई भनेको छ ।
त्यसैले तपाईँ पनि याहूको प्रयोगकर्ता हुनुहुन्छ भने तत्काल याहूको पासवर्ड परिवर्तन गरेर आफ्नो इमेल एकाउन्ट सुरक्षित बनाउनुहोस् ।
प्रकाशित: ३० मंसिर २०७३, बिहीबार