नेपाल हस्तकला महासंघको चौवालिसौं वार्षिकोत्सव सम्पन्न

  • Technology Khabar | २८ मंसिर २०७३, मंगलवार
नेपाल हस्तकला महासंघको चौवालिसौं वार्षिकोत्सव सम्पन्न

काठमाडौं ।

काठमाडौं, २८ मंसिर । नेपाल हस्तकला महासंघले चौवालिसौं वार्षिकोत्सव तथा पाँचौं हस्तकला दिवस एक कार्यक्रमका बिच मनाएको छ ।

कार्यक्रममा उद्योग राज्यमन्त्री कञ्चन चन्द्र श्रेष्ठले दक्ष जनशक्तिहरु दिनानुदिन विदेश पलायन भई रहेको भन्दै उद्योग मन्त्रालयले ११,००० जना युवालाई प्रशिक्षण दिई स्वरोजगारको बातावरण सिर्जना गर्न लागेको बताए । हस्तकलाका भावी कार्यक्रमलाई ग्रामिणमुखि बनाई युवा रोजगारलाई प्रबद्र्धन गर्नको लागि नेपाल हस्तकला महासंघलाई राज्यमन्त्री श्रेष्ठले आग्रह समेत गरे ।

हस्तकला दिवसकै अवसरमा परम्परागत हस्तकलाका वस्तुहरु एवं बाह्रौ हस्तकला प्रतियोगिताका सहभागी कलाकारहरुबाट तयार गरिएका सामग्रीहरुको प्रदर्शनी पनि गरिएको थियो ।

प्रकाशित: २८ मंसिर २०७३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार