Technology Khabar २६ मंसिर २०७३, आईतवार
काठमाडौं ।
काठमाडौं, २६ मंसिर । नेपाल मोबाइल बितरक संघ र नेपाल मोबाइल व्यवसायी संघले एकै अवधि पारेर मोबाइल मेला आयोजना गर्ने भएका छन् । दुबै संस्था मोबाइल व्यवसायमा आबद्ध बितरक तथा खुद्रा बिक्रेताहरुको हो । दुबै संस्थाले अाजै माेबाइल एक्स्पाे र माेबाइल महाेत्सवकाे नाममा माेबाइल मेला गर्न लागेका हुन् ।
नेपाल मोबाइल बितरक संघले नम्डा मोबाइल एक्स्पो २०१६ आयोजना गर्ने भएको छ । संघले आइतवार पत्रकार सम्मेलन गरि यहि पुस १४ गतेदेखि आयोजना हुने एक्स्पोको बारेमा जानकारी दिएको हो ।
कार्यक्रममा एक्स्पोका प्रवक्ता रघु त्रिपाठीले पहिलो पटक आयोजना हुन लागेको एक्स्पोमा दैनिक २ देखि ३ करोडको कारोबार हुने दाबी गरे । उनले भने, ‘एक्स्पोले मोबाइलको विषयमा अहिलेसम्मको भ्रम चिर्नेछ, उनले भने, यस्तै महोत्सव हामी पाँचै विकास क्षेत्रमा पनि गर्ने योजनामा छौं ।’
आयोजकका अनुसार एक्स्पोमा १३० वटा स्टल राखिनेछन, जसमा मोबाइल फोन आयातकर्ता कम्पनी, बितरकहरु तथा रिटेलरहरुको छुट्टाछ्ट्टै स्टलहरु हुनेछ । आयातकर्ता कम्पनीहरुले मोबाइल फोन र यसका विभिन्न पक्षहरुको बारेमा जानकारी दिने तथा रिटेलरहरुले सामान बिक्री गर्ने एक्स्पो संयोजक दिनेश चुल्याद्योले जानकारी दिए ।
एक्स्पोमा मोबाइल बिक्रीका साथै एप्सको बारेमा जानकारी दिईनेछ भने एक्स्पो अवधिभर मोबाइल फोनको समान बिक्री मुल्य तोकिने आयोजकले दाबी गरेका छन् । 
नेपाल मोबाइल व्यवसायी संघकाे न्यूराेड मोबाइल महोत्सव
यसैगरि नेपाल मोबाइल व्यवसायी संघले अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर नेपालको मोबाइल केन्द्र–पाको, न्यूरोड, ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजा–लगायतका क्षेत्रहरुमा मोबाइल महोत्सव आयोजना गर्ने भएको छ ।
मोबाइल बजारको रुपमा चिनिने पाको, न्यूरोड लगायतका क्षेत्रमा व्यवसाय गर्दै आएका विभिन्न मोबाइल संघहरु एक आपसमा एकिकरण गरेर नेपाल मोबाइल व्यवसायी संघ गठन गरेका छन् । नेपालकै सम्पूर्ण मोबाइल व्यवसायीहरुलाई समेटिएको संघ मोबाइलको क्षेत्रमा आबद्ध व्यवसायीहरुको सबैभन्दा ठूलो र पुरानो संस्था भएको दाबी छ । यस संघमा हाल ५०० भन्दा बढि रिटेलरहरुको आबद्धता रहेको संघले जानकारी दियो ।
संघका संयोजक पुरुषोत्तम बस्नेतले नेपालभरका मोबाइल आयातकर्ताहरु, बितरकहरु तथा रिटेलरहरु संघमा समेटेर भविश्यमा महासंघ गठन गर्ने र संघले मोबाइल व्यवसायलाई वृद्धि तथा प्रबद्र्धन गर्न विभिन्न कार्यक्रमहरु गर्ने जानकारी दिए । उनले भने, “हाल हामी सबैलाई समेटेर नेपालको सबैभन्दा पुरानो तथा स्थापित बजारमा अन्तर्राष्ट्रियस्तरको मोबाइल महोत्सव गर्दैछौं ।”
यहि पुष १३ गतेदेखि पुष १९ गतेसम्म बृहतरुपको मोबाइल महोत्सव आयोजना हुने र ग्राहकहरुले समान मुल्यमा सिल प्याक गरिएका गुणस्तरिय उत्पादनहरु प्राप्त गर्ने सिटिसी मोबाइल बजारका अध्यक्ष संदिप मानन्धरले जानकारी दिए । उनले भने, “हामी हरेक ग्राहकलाई महोत्सवमा विशेष उपहार र छुटका साथमा मोबाइल र विभिन्न एसेसरिजहरु बिक्री गर्नेछौं । जसले ग्राहकहरुलाई पूर्ण संतुष्टि प्रदान गर्दछ ।”
नेपालीहरुले पनि गुणस्तरीय मोबाइल सेटहरु खरिद गरुन र नठगिउन भनेर “जहाँ मोबाइल बजार त्यहिँ मोबाइल महोत्सव” भन्ने मूल नाराका साथ मोबाइल महोत्सव गर्न लागेको मोबाइल व्यवसायी जगत साउदले बताए । “अन्य स्थानमा मोबाइल किन्दा ठगिने र ग्रे मोबाइल बिक्री गर्ने संभावना भएको तर पाको न्यूरोड क्षेत्रमा औपचारिक रुपमा राजस्व तिरेर आएका ह्वाइट मोबाइल सेटहरुमात्र बिक्री हुँदै आएको छ,” उनले भने ।
नेपाल मोबाइल व्यवसायी संघले आयोजना गर्ने महोत्सवको अवधिभर मोबाइल बजारको विभिन्न स्थानहरुमा फुड जोन, किड्स जोन, गेमिंग जोन ग्राहकहरुका लागि राखिने संघले जनाएकाे छ ।
प्रकाशित: २६ मंसिर २०७३, आईतवार