भृकुटीमण्डपमा पुस १४ गतेदेखि मोबाइल एक्स्पो आयोजना हुने

  • Technology Khabar | २४ मंसिर २०७३, शुक्रबार
भृकुटीमण्डपमा पुस १४ गतेदेखि मोबाइल एक्स्पो आयोजना हुने

काठमाडौं ।

काठमाडौं, २४ मंसिर । नेपाल मोबाइल बितरक संघले यहि पुस १४ गतेदेखि मोबाइल एक्स्पो आयोजना गर्ने भएको छ । मोबाइल बितरकहरुको छाता संगठनले पहिलो पटक “एनएमडिए मोबाइल एक्स्पो 2016” आयोजना गर्न लागेको हो ।

काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुने उक्त एक्स्पो पुस १४ गते (डिसेम्बर २९, २०१६) देखि १८ गतेसम्म आयोजना हुने संघका अध्यक्ष माधव रिजालले जानकारी दिए । यो एक्स्पोले उत्पादक, आयातकर्ता, बितरक र खुद्रा बिक्रेताहरुलाई एउटै स्थानमा ल्याउने आयोजकको भनाई छ । ‘हामीले पहिलो पटक यस्तो किसिमको मोबाइल एक्स्पो गर्दैछौं जसमा सबै मोबाइल व्यवसायीहरुको सहभागीता रहनेछ,’ उनले भने, ‘एक्स्पोमा विशुद्ध मोबाइल र त्यसको एशेसरिज तथा सम्बन्धित सामाग्री बाहेक अन्य केहि पनि राखिँदैन् ।’

संघले आयोजना गर्ने एक्स्पोमा १३० वटा स्टल राखिने र नेपालका सबै मोबाइल ब्राण्डहरु तथा व्यवसायीहरुले सहभागीता जनाउने अध्यक्ष रिमालले जानकारी दिए । ‘उनले यसमा मोबाइल फोन इम्पोर्टस् एसोशियसन (एमपीआईए)का सबै सदस्यहरुको सहभागीता र सहयोग रहेको स्पष्ट पारे । एक्स्पोमा आयातकर्ता कम्पनीहरुको प्रत्यक्ष सहभागीता रहनेछ,’ अध्यक्ष रिजालले भने, ‘हामीले पहिले संयुक्तरुपमा यो आयोजना गर्ने तयारी गरेका थियौं तर उहाँहरुको संघ दर्ता नभएको हुँदा गर्न सकिएन् ।’

यसअघि उक्त एक्स्पो आयोजना गर्न एमपीआईएका अध्यक्ष दिपक मल्होत्रा र उपाध्यक्ष संजय अग्रवालसहितको समूहले नेपाल मोबाइल बितरक संघसँग सहकार्य गर्दै आएको भएपनि एमपीआईएको दर्तामा ढिलाई हुँदा सहकार्य छुटेको अध्यक्ष रिजालले मोबाइल्सखबरलाई बताए । ‘उहाँहरुले हाम्रो भन्दा करिब १० दिन पछि एक्स्पोको लागि हल बुक गर्नुभएको थियो तर एउटै किसिमको एक्स्पो लगातार गर्न ठिक हुँदैन भनेर दिपक मल्होत्राले हामीलाई सहयोग गर्ने भन्नुभयो,’ उनले दाबी गरे ।

संघले उक्त एक्स्पोमा करिब १ करोडसम्मको खर्च गर्ने र ५ अर्बसम्मको करोबार गर्ने लक्ष्य राखेको छ । उक्त एक्स्पोमा मोबाइल फोनका रिटेलरहरुको पनि सहभागीता रहेको र न्यूरोडका रिटेलरहरुले पनि स्टल बुक गरिसकेको बताईएको छ ।

संघले आउँदो आइतवार पत्रकार सम्मेलन गरेर औपचारिकरुपमा एक्स्पोको बारेमा जानकारी दिने तयारी गरेको छ ।

प्रकाशित: २४ मंसिर २०७३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • २४ मंसिर २०७३, शुक्रबार