सुबिसुको ‘मोर द्यान एक्सपेक्टेड’ अफर,प्याकेजमा ५० प्रतिशतभन्दा बढि छुट

Technology Khabar २२ मंसिर २०७३, बुधबार

काठमाडौं ।

काठमाडौं, २२ मंसिर । केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनी सुविसु केवल नेट प्रा.लि. ले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुका लागि मोर द्यान एक्सपेक्टेड “More Than Expected” योजना प्रस्तुत गरेको छ जस अन्तर्गत ग्राहकहरुले क्लियर टिभी एचडी सेट टप बक्स, मोडेम, वाईफाई राउटर जडान खर्च निस्शुल्क रुपमा प्राप्त गर्न सक्नेछन् ।

यस योजना अन्तर्गत ग्राहकहरुले क्लियर टिभीको प्याकेज रु.२,९९९/–  र इन्टरनेट तथा क्लियर टिभी कम्बो प्याकेज रु.७,९९९/– मा प्राप्त गर्न सक्नेछन् । ईन्टरनेट र टिभी सेवाका यी प्याकेजहरुमा ५० प्रतिशतभन्दा बढि छुट दिईएको कम्पनीले जनाएको छ ।

प्रकाशित: २२ मंसिर २०७३, बुधबार

तपाइको प्रतिक्रिया