एलजी भि२० स्मार्टफोन भारतीय बजारमा, दुईवटा रियर क्यामरा

Technology Khabar २१ मंसिर २०७३, मंगलवार

काठमाडौं ।

काठमाडौं, २१ मंसिर । एलजीले भारतमा आफ्नो फ्ल्यागशिप स्मार्टफोन भि २० (LG V20) लन्च गरेको छ । कम्पनीले यो स्मार्टफोन इकमर्श अमेजन इण्डियाबाट बिक्री गर्नेछ ।

एलजी भी२० स्मार्टफोन एन्ड्रोयडको ७.० नूगट अपरेटिंग सिस्टममा आधारित विश्वको पहिलो स्मार्टफोन हो । यो एलजीको भी १० (V10) को सक्सेसर स्मार्टफोन हो ।

एलजी भी २० स्मार्टफोन हेर्दा यसअघिको जी ५ स्मार्टफोन जस्तै देखिन्छ । तर एलजीको जी ५ मोड्यूलर फोन हो ।

यो डिभाइसमा रबर ब्याक प्यानललाई हटाएर एलजीले एलुमिनियम ब्याक प्यानल राखेको छ भने फिंगरप्रिन्ट सेन्सर पनि रहेको छ ।

यो स्मार्टफोनमा दुईवटा स्क्रीन राखिएको छ भने यसमा दुईवटा रियर क्यामरा रहेको छ । यसको एउटा स्क्रीन मूख्य स्क्रीन हो भने दोस्रो स्क्रीनमा नोटिफिकेसनहरु तथा केहि अन्य जानकारीहरु हेर्न सकिन्छ । यसमा ५.७ इन्चको क्वाड एचडी डिस्प्ले राखिएको छ ।

यो फोनमा दुईवटा रियर क्यामरा छ जसमध्ये एउटा ८ मेगापिक्सेलको छ भने अर्को १६ मेगापिक्सेलको रियर क्यामरा रहेको छ । सेल्फीका लागि यसमा १२० डिग्री वाइड एंगल ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ ।lg-v20

यसमा स्न्यापड्रागन ८२० प्रोसेसरका साथै ४ जीबीको र्याम तथा ६४ जीबीको आन्तरिक स्टोरेज राखिएको छ, जसलाई बढाएर २ टिबीसम्म बढाउन सकिन्छ ।

यो फोनमा उत्कृष्ट साउण्ड क्वालिटिका लागि डिएसी एस (DACs) प्रविधिको प्रयोग गरिएको छ भने एलजी भी२० मा ३,२०० एमएएचको ब्याट्री राखिएको छ ।

भारतीय बजारमा अमेजन इण्डियामा यो फोन खरिद गर्दा बि एण्ड ओ (B&O) प्ले हेडसेट निशुल्क दिनेछ । यसका साथै फ्री ब्याक कभर तथा एक्सचेन्ज अफर पनि राखिएको छ । भारतमा यसको मूल्य भारु. ५४,९९९/- तोकिएको छ ।

प्रकाशित: २१ मंसिर २०७३, मंगलवार

तपाइको प्रतिक्रिया