सिटिजन्स बैंक इण्टरनेशनलले १ अर्ब ३८ करोडको हकप्रद शेयर निष्काशन गर्ने

  • Technology Khabar | २० मंसिर २०७३, सोमबार
सिटिजन्स बैंक इण्टरनेशनलले १ अर्ब ३८ करोडको हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं ।

काठमाडौं, २० मंसिर । सिटिजन्स बैंक इण्टरनेशनलले २५ प्रतिशतको अनुपातमा हकप्रद शेयर निष्काशनको लागी विक्री प्रवन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेडलाई आफनो विक्री प्रवन्धक नियुक्त गरेको छ ।

बैंक र सानिमा क्यापिटलबीच भएको सम्झौता अनुसारएक करोड अठ्ठतिस लाख त्रितालिस हजार तीन सय असी कित्ता हकप्रद शेयर निष्काशन चालु आर्थिक वर्षको तेस्रो त्रयमाससम्ममा निष्काशन गर्नको लागी आवश्यक सम्पूर्ण कार्य गर्न उक्त क्यापिटललाई जिम्मा दिइएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे ।

हाल बैंकको चुक्ता पूंजी रु. ५ अर्व ५३ करोड ७३ लाख ५१ हजार रहेकोमा हकप्रद शेयरको वांडफांड पश्चात बैंकको चुक्ता पूंजी रु. ६ अर्व ९२ करोड १६ लाख ९० हजार पुग्ने बैंकले जनाएको छ ।

प्रकाशित: २० मंसिर २०७३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...