जोपो स्मार्टफोन ब्राण्ड नेपालमा, विभिन्न मोडलका फोनहरु उपलब्ध

Technology Khabar १६ मंसिर २०७३, बिहीबार

काठमाडौं ।

काठमाडौं, १६ मंसिर । जोपो स्मार्टफोन (Zopo Smartphone) ब्राण्डले नेपाली बजारमा आफ्नो उपस्थितीको औपचारिकरुपमा घोषणा गरेको छ । पछिल्ला दिनहरुमा चीनियाँ ब्राण्डका फोनहरु भित्रने क्रमसँगै जोपो ब्राण्ड नेपाल आएको हो ।

कम्पनीले बुधवारदेखि बजारमा विभिन्न मोडलका जोपो फोनहरु उपलब्ध भएको जानकारी गराएको छ । कम्पनीले नेपालकाे अाफ्नाे फेसबुक पेजमा पनि नाेभेम्बर ३० तारिखदेखि उपलब्ध भएकाे उल्लेख गरेकाे छ ।zopo

कम्पनीले स्पीड सिरिज, कलर सिरिज तथा फ्ल्याश सिरिजका फोनहरु बजारमा ल्याउने बताए पनि अाधिकारिक फेसबुक पेजमा भने कलर सिरिजकाे मात्र तस्विर र जानकारी राखिएका छन् । यसअघि कम्पनीले केमूमा ब्ल्याक फ्राइडेको अवसर पारेर अनौपचारिकरुपमा जोपोको एउटा मोडल बिक्रीमा राखेको थियो ।

जोपोले आधिकारिकरुपमा बजारमा घोषणा गर्नुभन्दा पहिले नै कम्पनीले ब्ल्याक फ्राइडेको अवसर पारेर केमू डटकममा जोपो कलर एफ फाइभ बिक्रीका लागि राखेको थियाे । उक्त फोनको मूल्य १४,९००/- रुपैंया भएपनि कम्पनीले १० प्रतिशत छुट दिँदै १३,३८०/- रुपैंयामा बिक्री गरेकाे थियाे ।

प्रकाशित: १६ मंसिर २०७३, बिहीबार

तपाइको प्रतिक्रिया