गूलिगनद्धारा स्मार्टफोनबाट डाटा चोरी, डिभाइसमा मालवेयर भए/नभएको जाँच्नुहोस्

Technology Khabar १६ मंसिर २०७३, बिहीबार

काठमाडौं ।

काठमाडौं, १६ मंसिर । तपाईँको स्मार्टफोन वा ट्याबलेट एन्ड्रोयड अपरेटिंग सिस्टममा आधारित छ भने होसियार हुनुहोस् कतै तपाईँको जानकारीहरु फोनबाट चोरिएको त छैन् । चेक पोइन्ट रिसर्च (Check Point research) ले हालै एन्ड्रोयडका डिभाइसहरुमा नयाँ मालवेयर अर्थात एक प्रकारको भाइरस व्यापक भएको जानकारी दिएको छ ।

नयाँ भाइरसलाई गूलिगन (Gooligan campaign) नाम दिईएको छ र यसले १० लाख भन्दा बढि एन्ड्रोयडमा आधारित डिभाइसहरुमा असर पारिसकेको छ, जसबाट प्रयोगकर्ताहरुको विभिन्न जानकारीहरु ह्याकरहरुले चोरेका छन् । दैनिकरुपमा १३ हजार भन्दा बढि मानिसहरुको डिभाइसमा गूलिगन नामको मालवेयरले असर पारिरहेको जनाईएको छ ।

एन्ड्रोयडमा आधारित डिभाइसहरुमा विभिन्न किसिमका मालवेयरहरुले आक्रमण गरेको समाचारहरु आईरहेपनि यो मालवेयरबाट भने तपाईँ सर्तक हुनुहोस् । यदि तपाईँले गूगल प्ले स्टोर (google play store) भन्दा बाहिरको तेस्रो पक्षको एप स्टोरबाट (3rd party app store) एप्स इन्टल गर्नुभएको छ भने तपाईँले निश्चितरुपमा गूलिगनले असर गरेको एप पनि डाउनलोड गर्नुभएको छ ।info_3_revised_11-29-copy-1

यहि मालवेयरले असर गरेको एप डाउनलोडबाट यो क्रम शुरु हुन्छ, जसले तपाईँको फोनको विभिन्न तथ्यांकहरु, फोनलाई रुट गर्ने तथा तपाईँका इमेल एकाउन्ट तथा अन्य आधिकारिक विषयहरु जस्तै फोटो, गूगल ड्राइभ र विभिन्न डकुमेन्टहरुसम्म पहुँच बनाएर चोरि गर्दछ ।

निकै भयानक यो मालवेयरले गूगल प्ले स्टोरलाई पनि असर पारेर नक्कली एप्स जून मालवेयरसहितका हुन्छन डाउनलोड गर्दछ । यसरी ह्याक गरिएका फोनहरुमा नियन्त्रण गर्ने र आक्रमणकारीहरुले नक्कली एप्सहरुमा दर्जनौं अनावश्यक विज्ञापनहरु देखाउने गर्दछन् । र चेक पोइन्टका अनुसार दैनिकरुपमा यस्तो विज्ञापनहरु ३० हजार वटा डाउनलोड हुने गरेका छन् ।

चेकपोइन्टका अनुसार हालसम्म एन्ड्रोयड डिभाइसमा मालवेयरले असर पारेको यति ठूलो डिभाइसहरुको संख्या अहिलेसम्मकै सबैभन्दा ठूलो हो ।info_4_revised

यस्तो एकाउन्टहरु सबैभन्दा धेरै एशियाका प्रयोगकर्ताहरुको छ, जून करिब ५७ प्रतिशत हुन आउँछ भने त्यसपछि अमेरिकाको डिभाइसमा १९ प्रतिशत, अफ्रिकाको डिभाइसहरुमा १५ प्रतिशत तथा यूरोपमा ९ प्रतिशत डिभाइसहरुमा गूलिगन मालवेयरले असर पारेको छ ।

अझ महत्वपूर्ण विषय भनेको यो मालवेयरले एन्ड्रोयड वा त्यसभन्दा पुरानो अपरेटिंग सिस्टममा आधारित स्मार्टफोनहरुमा धेरै असर पारेको छ । यस्ता डिभाइसहरुमा ७५ प्रतिशतभन्दा बढि असर पारेको र ह्याकरहरुले डाटा चोरि गरिरहेको अनुमान गरिएको छ ।

यो मालवेयरले विभिन्न किसिमका लोकप्रिय एप्सलाई पनि असर पारिसकेको चेक पोइन्टले जानकारी दिएको छ । नेपाली प्रयोगकर्ताहरुले पनि यि एप्सको डाउनलोड गरेर प्रयोग गरिरहेका छन् ।

गूलिगन मावलेयरले असर पारेका र नेपाली प्रयोगकर्ताबिच लोकप्रिय केहि एप्स यि हुन् –

वाईफाई इन्हान्सर, स्नेक, मेमोरी बुस्टर, फ्ल्याशलाईट फ्रि, टच ब्यूटी, ब्याट्री मनिटर, यूसी मिनी, सेक्स फोटो, फोन बुस्टर, सिस्टमर बुस्टर, वाईफाई मास्टर, डिरेक्ट ब्राउजर, लाइट ब्राउजर, क्लिन मास्टर, यू ट्युब डाउनलोडर, बेस्ट वालपेपर्स, स्मार्ट फोल्डर, क्याल्कुलेटर, फास्ट क्लिनर, वान की लक, वाईफाई स्पीड प्रो, मिनी बुस्टर, वेदर, गूगल, सेक्सी हट वालपेपर, बिलियर्ड, वाईफाई एक्सेलेरेट, टकिंग टम ३, म्युजिक क्लाउडलगायतका रहेका छन् ।

उल्लेखित एप्समध्ये वाईफाई इन्हान्सर, ब्याट्री मनिटर, वाईफाई मास्टर, डिरेक्ट ब्राउजर, लाइट ब्राउजर, क्लिन मास्टर, यू ट्युब डाउनलोडर, टकिंग टम ३ नेपाली प्रयोगकर्ताहरु बिच निकै लोकप्रिय र अधिक प्रयोगमा आएका एप्स हुन् । त्यसैले गूलिगन मावलेयरले नेपाली प्रयोगकर्ताहरुको पनि डिभाइस ह्याक गरेको र विभिन्न तथ्यांकहरु चोरी गरिरहेको अनुमान गर्न सकिन्छ । तर पनि यसको बारेमा निश्चित अनुसन्धान र अध्ययन नभएको हुँदा कस्तो असर परेको छ भने जानकारी पाउन भने सकिँदैन् ।

यो मालवेयरबाट तपाईँको डिभाइसमा असर पारेको छ की छैन भनेर थाहा पाउनको लागि गूगलको ‘भेरिफाई एप’ (verify app) प्रयोग गरेर जाँच्न सकिन्छ । यदि डिभाइसमा मालवेयरले गंभिर असर पारिसकेको छ भने यो एप डाउनलोड भने गर्न सकिँदैन् ।

यो मालवेयरले तपाईँको डिभाइसलाई असर पारेको छ वा छैन थाहा पाउनको लागि चेक पोइन्टको यो वेबसाइट गएर परिक्षण गरेर थाहा पाउन सकिन्छ ।

प्रकाशित: १६ मंसिर २०७३, बिहीबार

तपाइको प्रतिक्रिया