Technology Khabar १४ मंसिर २०७३, मंगलवार
काठमाडौं ।
काठमाडौं, १४ मंसिर । नेपाल एसबिआई बैंक लि. को संचालक समितिको बैठकले बैंकको २२ औँ साधारण सभाले तय गरेको अधिकतम सीमा तथा संचालक समितिलाई प्रत्यायोजन गरेको अख्तियारी भित्र रही एक अरब उनान्नसय करोड उन्नाइस लाख बयालिस हजार तीन सय साठी रुपैंया बराबर हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव स्वीकृत गरेको जानकारी दिएको छ ।
हाल निष्काशनको क्रममा रहेको ६७,७६७.८७ शेयरको थप निष्काशनको बाँडफाँड तथा बाँडफाँड योग्य कोष मध्येबाट वितरण हुने गरी यस अघिनै आगामी साधारण सभासमक्ष प्रस्तावित गरिसकेको २८ प्रतिशत वोनश शेयर जारी गरिए पश्चात कायम हुने चुक्ता पूँजीलाई आधार मानी समितिले उक्त हकप्रद शेयरको अनुपात निर्धारण गरेको हो ।
नेपाल राष्ट्र बैंकले तोकेको समय सीमा वि.सं. २०७४ आषाढ मसान्त भित्रै बैंकको चुक्ता पूँजी रु. ८ अर्ब पुर्याउने गरी गत वर्ष बैंकले तर्जुमा गरेको पूँजी योजना कार्यान्वयनको क्रममा बैंकले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको जनाएको छ ।
प्रकाशित: १४ मंसिर २०७३, मंगलवार