शिवम् सिमेन्टद्वारा प्राविधिक सहितको भ्यान सेवा शुरु

  • Technology Khabar | १४ मंसिर २०७३, मंगलवार
शिवम् सिमेन्टद्वारा प्राविधिक सहितको भ्यान सेवा शुरु

काठमाडौं ।

काठमाडौं, १४ मंसिर । शिवम् सिमेन्ट कम्पनीले प्राविधिकसहितको भ्यान सेवा संचालनमा ल्याएको छ । निर्माण सामाग्रीहरुको गुणस्तर र प्रयोग सम्बन्धि प्राविधिक ज्ञान निःशुल्क रुपमा निर्माणस्थलमा नै पुगी प्रत्यक्ष देख्न सकिने गरी परीक्षण गरी सोको रिर्पोटको सेवा समेत उपलब्ध गराउने गरि प्राविधिक सेवा विभाग गठन गरी सेवा शुरु गरिएको जानकारी दिएको छ ।

उक्त प्राविधिक टिममा नेपाल र भारतको सिमेन्ट उद्योगमा ३० वर्ष भन्दा बढीको प्राविधिक कार्य अनुभव भएका बरिष्ठ सिमेन्ट तथा कंक्रिट विज्ञ ईन्जिनियरहरु छन् ।

प्राविधिक टिमले सिमेन्टका ग्राहक वर्ग एवं आम उपभोक्ताहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले निःशुल्क टोल फ्रि नं.मा फोन गरी सेवा लिन चाहानेहरुका निमित्त निर्माणस्थलमा स्वयम उपस्थित भई सल्लाह, सुझाव तथा प्राविधिक विषयको जानकारी गराउने छ । उक्त प्राविधिक टिमलाई चुस्त दुरुस्त सेवा प्रदान गर्न Compressive Strength Testing Machine जडित प्राविधिक भ्यान सेवा शुरु गरेको जनाएको छ ।

शिवम सिमेन्टको उक्त प्राविधिक भ्यान सेवा नेपालभर निःशुल्क उपलब्ध हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १४ मंसिर २०७३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार