Technology Khabar १३ मंसिर २०७३, सोमबार
काठमाडौं ।
काठमाडौं, १३ मंसीर । सार्पले (Sharp) जापानको सफ्ट बैंकको लागि विशेष नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले स्टार वारको थिममा रहेको नयाँ स्मार्टफोन रोग वान बनाएको हो ।
विशेषगरि बृहत किसिमका डिजाइन भएकाे फोनहरु बनाउने कम्पनीको रुपमा परिचित सार्पले स्टार वारको नयाँ सिरिज रोज वानः अ स्टार वार्स स्टोरी (Rogue One: A Star Wars Story)को थिममा फोन ल्याएको हो । यो फोन पूर्णरुपमा स्टार वार्स कस्टमाइस्ट थिममा रहेको छ भने यसका कन्टेन्टहरु पनि विशेषरुपमा उपलब्ध छन् ।
यो लाइट तथा डार्क साइड मोडलसहित दुईवटा मोडलहरुमा उपलब्ध छ जसमा ब्लू/ह्वाइट तथा रेड/ब्ल्याक पोलराइज्ड ब्याकप्लेट रहेका छन् ।
दुबै मोडलका फोनमा स्न्यापड्रागन ८२० प्रोसेसर राखिएको छ भने ३ जीबी र्याम तथा ३२ जीबी आन्तरिक स्टोरेजछ, जसलाई बढाउन सकिन्छ । यसमा ५.३ इन्चको आईजीजेडओ फूलएचडी स्क्रीन छ भने फोटोका लागि २२.६५ मेगापिक्सेलको रियर तथा फ्रन्ट क्यामरा राखिएको छ ।
जापानी बजारका लागि ल्याएको यो फोनमा टिभी टर्नर छ भने यसलाई आइपी ५८ (IP58) वाटर प्रोटेक्सन प्रमाणित गरिएको छ ।
यसमा एन्ड्रोयडमा ६.० मार्शमाल्लोमा आधारित उच्चतहको स्कीन प्रयोग छ यसमा भएको लाइभ वाल पेपरमा एक्स विंग अथवा टाइ फाइटर ककपिटको डिजाइन देखिन्छ । यसमा भएका अधिकांश एप्स स्टार वार्स इमोजीसहित उपलब्ध हुन्छन् ।
सार्पले बनाएको यो नयाँ स्मार्टफोनको मूल्य ९७,९२० जापानी येन अर्थात ८६८ अमेरिकी डलर तोकिएको छ जुन डिसेम्बर २ तारिखदेखि किन्न सकिन्छ ।
प्रकाशित: १३ मंसिर २०७३, सोमबार