
काठमाडौं ।
काठमाडौं, १३ मंसीर । ओप्पोको नयाँ हाइ एण्डको स्मार्टफोन फाइण्ड नाइनको (Find 9) चर्चा भईरहेको बेलामा कम्पनीले नयाँ मिडरेन्जको स्मार्टफोन सार्वजनिक गरेको छ ।
ओप्पोले ए सिरिजको नयाँ स्मार्टफोन ए५७ (A57) सार्वजनिक गरेको हो । यो स्मार्टफोन यसअघिका ओप्पोका फोनहरुभन्दा केहि पनि विशेष फरक छैन्।
ओप्पो ए ५७ स्मार्टफोनमा १.४ गीगाहर्जको अक्टा कोर क्वालकम स्न्यापड्रागन ४३५ चीपसेट छ भने एड्रेनो ५०५ जीपीयू रहेको छ ।
यो फोनमा ३ जीबीको र्याम तथा ३२ जीबीको स्टोरेज छ भने यसलाई बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ ।
अल मेटल केस भएको ओप्पो ए ५४ स्मार्टफोन गोल्ड तथा रोज गोल्ड कलर अप्सनमा उपलब्ध रहेको छ ।
ओप्पो ए ५७ मा ५.२ इन्चको २.५ डी कभ्र्ड एचडी स्क्रीन रहेको छ । फोटोका लागि यसमा एलईडी फ्ल्याशसहितको १६ मेगापिक्सेलको रियर क्यामरा तथा १३ मेगापिक्सेलको सेल्फी क्यामरा राखिएको छ ।
यो फोनमा २,८२० एमएएचको ब्याट्री प्याक छ भने एन्ड्रोयड ६.० मार्शमाल्लो ललिपपमा आधारित रहेको छ । यसमा ड्यूल सिम सपोर्ट गर्न सकिन्छ ।
ओप्पो ए ५७ को मूल्य चीनमा १,५९९ यूआन अर्थात करिब २३१ अमेरिकी डलर तोकिएको छ, जून आउँदो डिसेम्बर १२ तारिखदेखि उपलब्ध हुनेछ । यो फोन अन्य बजारमा कहिले आउँछ भन्ने जानकारी छैन् ।
प्रकाशित: १३ मंसिर २०७३, सोमबार