ओप्पो ‘ए३७’ स्मार्टफोनको मूल्य घट्यो, अब रु.२०,४९०/- मा उपलब्ध

Technology Khabar १२ मंसिर २०७३, आईतवार

काठमाडौं ।

काठमाडौं, १२ मंसीर । ओप्पो डिएस प्रालिले आफ्नो स्मार्टफोन मोडल ‘ए३७’को (A37) मूल्य घटाएको छ । कम्पनीको ५ ईञ्च आईपीएस डिस्प्ले सहितको ओप्पो ‘ए३७’ रु.२० हजार ४ सय ९० मा खरिद गर्न सकिनेछ । कम्पनीले फोनको पछिल्लो मूल्य रु.२२ हजार ६ सय ९० मा रु.२ हजार २ सय कटौती गर्दै नयाँ मूल्यमा फोन उपलब्ध गराएको जानकारी दिएको छ ।

५ मेगापिक्सेल क्षमताको फ्रण्ट फेसिङ क्यामेरा सहितको ओप्पो ‘ए३७’मा अटो फोकस सुविधा सहितको ८ मेगापिक्सेल क्षमताको रियर क्यामेरा उपलब्ध गरिएको छ । फोनमा कम्पनीले २ जीबी र्याम र १६ जीबी रोम राखेको छ, फोनमा एसडी कार्डको माध्यमबाट १ सय २८ जीबी सम्म सञ्चय क्षमता बढाउन सकिन्छ ।

एण्ड्रोइडमा आधारित कलर ओएस ३.० सहितको ओप्पोकाे याे फोनमा कम्पनीले २ हजार ६ सय ३० एमएएच क्षमताको ब्याट्री जडान गरेको छ । मेटालिक यूनिबडी सहित आकर्षक डिजाइनमा उपलब्ध यो फोन यूवा पुस्ता माझ अहिले ब्यापक लोकप्रिय रहेको कम्पनीको दाबी छ ।

प्रकाशित: १२ मंसिर २०७३, आईतवार

तपाइको प्रतिक्रिया