ब्ल्याक फ्राइडेमा किर्तिमानी बिक्री, मोबाइलबाट मात्र १ बिलियन डलरको कारोबार

Technology Khabar १२ मंसिर २०७३, आईतवार

काठमाडौं ।

काठमाडौं, १२ मंसिर । ब्ल्याक फ्राइडेमा अनलाइन सपिंग गर्ने क्रम निरन्तर बढिरहेको छ । गएको शुक्रबारदेखि अहिले पनि विश्वभर अनलाइनमा ब्ल्याक फ्राइडे सप्ताह मनाईरहेको छ, अझ शुक्रबारको बिक्रीले नयाँ रेकर्ड कायम गरेको छ ।

एडोब डिजीटल इनसाइटद्धारा जारी गरिएको रिपोर्टअनुसार यो ब्ल्याक फ्राइडेको कारोबारले नयाँ रेकर्ड कायम गरेको छ । इ-कमर्श कारोबारको बारेमा जानकारी राख्ने कम्पनी एडोबले यो ब्ल्याक फ्राइडेको अवसरमा अमेरिकी बजारमा शुक्रबार मात्र ३ बिलियन अमेरिकी डलरभन्दा बढिको कारोबार भएर नयाँ किर्तिमान बनेको छ । यो संभवत अमेरिकाको रिटेल इतिहासमा नै मोबाइल बिक्रीबाट अर्बौं डलर आम्दानी भएको पनि नयाँ किर्तिमान भएको छ ।

एडोबकाअनुसार दिनको अन्त्यसम्म करिब ३.३४ बिलियन अमेरिकी डलरको कारोबार भएको छ, जून गत वर्षको सोहि दिनको भन्दा २१.६ प्रतिशतले बढि हो । यसमध्ये मोबाइलको माध्यमबाट बिक्री मात्र १.२ बिलियन अमेरिकी डलरको भएको छ, जून अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले बढि हो ।

यसअघि नै मोबाइल माध्यमले इ-कमर्श बिक्रीमा निकै ससक्त प्रभाव पारेको थियो, र मूख्य रिटेलरहरु अम्याजन, वालमार्ट, टार्गेट र ईबेमा मोबाइलको ट्राफिक बढेको थियो ।

मूख्य रिटेल साइटहरुमा ब्ल्याक फ्राइडेमा मोबाइलबाट आउने अर्डर ५६ प्रतिशत थियो जसमध्ये ४७ प्रतिशत स्मार्टफोनबाट थियो भने ट्याबलेटबाट ९ प्रतिशत मात्र अर्डर आएका थिए ।

अझ रमाइलो पक्ष के हो भने मोबाइलबाट आउने अर्डरमा कुराकानीको दर अन्यको भन्दा निकै कम थियो । स्मार्टफोनबाट खरिदका लागि हुने कुराकानीको दर १.९ प्रतिशतमात्र थियो भने ट्याबलेटको कुराकानी दर ३.७ प्रतिशत तथा डेस्कटपबाट भएको कुराकानीको दर ४ प्रतिशत थियो ।

मोबाइलबाट भएको अर्डरमध्ये सबैभन्दा बढि अर्डर आईओएस सफ्टवेयरबाट भएको थियो । आइओएसबाट भएको औसत अर्डर मूल्य १४४ अमेरिकी डलर थियो भने एन्ड्रोयडबाट भएको औसत अर्डर १३६ अमेरिकी डलर थियो ।

एडोबले यो वर्षको सबैभन्दा बढि बिक्री भएको इलेक्ट्रोनिक्स डिभाइसमध्ये एप्पलको आइप्याड, सामसुंग फोर के टिभी, एप्पलको म्याकबुक एयर, एलजीको टेलिभिजन तथा माइक्रोसफ्टको एक्सबक्स रहेका थिए ।

माध्यम

प्रकाशित: १२ मंसिर २०७३, आईतवार

तपाइको प्रतिक्रिया