
काठमाडौं ।
काठमाडौं, १२ मंसिर । म्याक्स मनी मलेसिया तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही नोभेम्बर महिनादेखि आपसीरूपमा नै रकम आदान–प्रदानको सेवा प्रदान गर्ने सम्झौता गरेका छन् । यो सम्झौताबाट म्याक्स मनीको नेपालमा सञ्जाल बिस्तार भएको छ ।
सम्झौतामा हस्ताक्षर गर्दै म्याक्स मनीका प्रमुख कार्यकारी अधिकृत ए. अब्दुल हामिदले भने, “म्याक्स मनी नेपालमा आफ्नो सेवालाई सहज तथा छरितो बनाउने कसरत गरिरहेको छ जसबाट मलेसियामा रहेका हजारौँ नेपालीले बिना झन्झट आफूलाई पायक पर्ने समयमा नै नेपालमा रेमिटान्स गर्न सकून् ।”
सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले भने, “मलेसियाको सबैभन्दा बिस्तारित रेमिटान्स सेवा प्रदायक म्याक्स मनीसँग सहकार्य गर्न पाउँदा हामी उत्साहित छौँ । हामीले मलेसियाबाट भित्रिने रकमका लागि हाम्रा पाँच हजारभन्दा बढी स्थानहरूबाट अब सहज रूपले सेवा दिने कुरामा विश्वस्त छौँ ।”
प्रकाशित: १२ मंसिर २०७३, आईतवार