Technology Khabar १० मंसिर २०७३, शुक्रबार
काठमाडौं ।
काठमाडौं, १० मंसिर । सिजी डिजिटलले (CG Digital) ब्ल्याक फ्राइडेको अवसर पारेर आफ्ना विभिन्न उत्पादनहरुमा छुट दिएको छ ।
सिजी इलेक्ट्रोनिक्सद्धारा स्थापना गरिएको सिजी डिजिटलमा आजदेखि ब्ल्याक फ्राइडेको अवसर पारेर स्मार्टफोनहरु, स्मार्टवेयर तथा विभिन्न एसेसरिजहरुमा छुट दिईएको छ । कम्पनीले उक्त सामाग्रीहरुमा ३५ प्रतिशतसम्म छुट दिएको जानकारी दिएको छ ।
सिजी डिजिटलले इओन इलाइट, इओन एज, इओन ब्लेज गोल्ड, सिजी आइवेयर, सिजी पावर ब्यांक र एस्ट्रो ३५ पीडिएमा छुट दिएको छ । इओन इलाइटकाे बजार मूल्यमा ३४ प्रतिशत छुट, इओन एजमा ३२ प्रतिशत छुट, इओन ब्लेज गोल्डमा १० प्रतिशत, सिजी आइवेयरमा ३३ प्रतिशत छुट, एस्ट्रो ३५ पीडिएमा ३५ प्रतिशतको छुट तथा पावर ब्यांकमा ३२ प्रतिशतको छुट दिएको छ ।
कम्पनीले यसबाहेक एलजीको अल्ट्रा एचडी फोर के स्मार्ट एलईडी टेलिभिजन, सिजी राइस कुकर, इन्टेक्स फिटरिस्ट तथा एलजीको फोर के अल्ट्रा एचडी स्मार्ट एलईडी टेलिभिजनमा पनि ४८ प्रतिशतसम्मको छुट दिएको छ ।
सिजी डिजिटलले स्मार्टफोनहरु तथा अन्य इलेक्ट्रोनिक्स ब्राण्डहरुमा यहि नोभेम्बर ३० तारिखसम्म यो छुट उपलब्ध हुने जनाएको छ । सिजी डिजिटलमा ब्ल्याक फ्राइडेमा छुटसहित उत्पादनहरु किन्न यहाँ क्लिक गरेर हेर्न सकिनेछ।
प्रकाशित: १० मंसिर २०७३, शुक्रबार