जोपो ब्राण्डका फोनहरु बजारमा, ब्ल्याक फ्राइडेमा किन्न सकिने

Technology Khabar १० मंसिर २०७३, शुक्रबार

काठमाडौं ।

काठमाडौं, १० मंसिर । नेपाली बजारमा नयाँ चीनियाँ ब्राण्डको स्मार्टफोन आएको छ । पछिल्ला दिनहरुमा चीनियाँ ब्राण्डका फोनहरु भित्रने क्रमसँगै जोपो ब्राण्ड नेपाल आएको हो ।

जोपोका फोनहरु नेपाली बजारमा आधिकारिक रुपमा आउँदो साता सार्वजनिक हुने भएपनि अहिलेदेखि नै बजारमा किन्न सकिने भएको छ ।

नेपालमा जोपो ब्राण्ड एपेक्स ग्रुपले ल्याएको हो । यो स्मार्टफोन आगामी साता संभवत सोमबार औपचारिक घोषणा सहित सार्वजनिक हुनेछ ।
एपेक्स ग्रुप अन्र्तगतको एपेक्स मोबाइल प्रालिले नेपाली बजारमा जोपोको ३ संस्करणहरु बजारमा ल्याउने जानकारी दिएको छ । कम्पनीले स्पीड सिरिज, कलर सिरिज तथा फ्ल्याश सिरिजका फोनहरु बजारमा ल्याउँदैछ । कम्पनीले अाफ्नाे फेसबुक पेजमा पनि अागामी साता अाउने उल्लेख गरेकाे छ ।

जोपोले आधिकारिकरुपमा बजारमा घोषणा गर्नुभन्दा पहिले नै कम्पनीले ब्ल्याक फ्राइडेको अवसर पारेर केमू डटकममा जोपो कलर एफ फाइभ बिक्रीका लागि राखेको छ । उक्त फोनको मूल्य १४,९००/- रुपैंया भएपनि कम्पनीले १० प्रतिशत छुट दिँदै १३,३८०/- रुपैंयामा बिक्री गरिरहेको छ ।

जोपोको उक्त फोनमा मिडियाटेक क्वाड कोर ६४ बिटको प्रोसेसर, २जीबी र्याम, १६ जीबी रोम रहेको छ । त्यसैगरी फोनमा ५ मेगापिक्सेलको एचडी डिस्प्ले तथा ८ मेगापिक्सेलको रियर तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

कम्पनीका अनुसार जोप्पोका फोनहरु लो रेन्जदेखि हाइरेन्जसम्मका सबै मोडलहरु बजारमा उपलब्ध हुनेछन् ।

प्रकाशित: १० मंसिर २०७३, शुक्रबार

तपाइको प्रतिक्रिया