Technology Khabar ९ मंसिर २०७३, बिहीबार
काठमाडौं ।
काठमाडौं, ९ मंसिर । चीनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले (Oppo) आफैंले सेल्फी एक्सपर्टको (Selfie Expert) रुपमा दाबी गर्दै आएको एफ वान एस (F1s) स्मार्टफोन अधिक स्टोरेज तथा मेमोरीसहित भारतमा पुन सार्वजनिक (re-lunch) गरेको छ ।
ओप्पोको नयाँ एफ वान एस स्मार्टफोन अब ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेसहित उपलब्ध हुनेछ । त्यसैगरी यो नयाँ कलर अप्सन ग्रे कलरमा पनि उपलब्ध हुनेछ ।
यसअघि ओप्पोले एफ वान एस भारतीय बजारमा ३ जीबी र्याम तथा३२ जीबी स्टोरेजसहित सार्वजनिक गरेको थियो । जसमा ५.५ इन्चको फूलएचडी डिस्प्ले रहेको छ भने यो मिडिया टेक एमटि ६७५० प्रोसेसरद्धारा संचालन हुन्छ ।
यसमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । फोनमा कलर ओएस ३.० छ भने ३०७५ एमएएच ब्याट्री रहेको छ ।
नयाँ अपग्रेड गरिएको मोडलमा मेमोरी तथा स्टोरेजबाहेक अन्य विशेषताहरु भने पुरानै रहेका छन् ।
नयाँ ओप्पो एफ वान एसको मूल्य भारु १८,९९० तोकिएको छ भने पहिलो ५०,००० खरिदकर्ताहरुलाई फोनमा सिमित संस्करणको डक्टर स्ट्रेन्ज कभर दिईनेछ ।
प्रकाशित: ९ मंसिर २०७३, बिहीबार