बैंकर रविनालाई कोरियामा अन्तर्राष्ट्रिय अवार्ड

Technology Khabar ७ मंसिर २०७३, मंगलवार

काठमाडौं ।

काठमाडौं, ७ मंसिर । मेगा बैंकका नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठलाई कोरियाबाटे अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको छ । एशिया मेडिकल एस्थेटिक कंग्रेसको अवसरमा उनलाई एशिया टप ब्राण्ड मास्टर ग्राण्ड अवार्ड प्रदान गरिएको हो ।

बैंकिङ क्षेत्रसँगसँगै देशको आर्थिक विकास, मानवीय तथा सामाजिक कार्यमा विशेष योगदान पुर्याएका कारण श्रेष्ठलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । समारोहमा विभिन्न देशका महिला उद्यमी तथा पेशा व्यवसायमा सक्रिय व्यक्तिहरुलाई अवार्ड प्रदान गरिएको थियो ।  ‘नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा थप सक्रिय रहन मलाई यस अवार्डले प्रोत्साहन मिलेको छ ।’ अवार्ड ग्रहण गरेपछि श्रेष्ठले भनिन् ।

यसअघि पनि उनले सिंगापुरबाट ‘लेडी अफ एक्सिलेन्स अवार्ड’, मलेसियाबाट प्रदान गरिने ‘२१ औं शताब्दी गोल्डेन फोनिक्स अवार्ड’ जितेकी थिईन् । यसैगरी, अमेरिकाको किंग्स विश्विद्यालयले उनलाई मानार्थ विद्यावारिथीको उपाधि दिएको थियो । उनले स्वदेशमा पनि बैंकिङ तथा सामाजिक क्षेत्रका थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गरेकी छन् ।

अवार्ड विजेता श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंक नेपाल लिमिटेडमा नायब महाप्रबन्धक पदमा कार्यरत रहेकी छिन् ।

प्रकाशित: ७ मंसिर २०७३, मंगलवार

तपाइको प्रतिक्रिया