Technology Khabar ६ मंसिर २०७३, सोमबार
काठमाडौं ।
काठमाडौं, ६ मंसिर । सिजी मोबाइल्सले बजारमा ब्लेज सिरिजको नयाँ स्मार्टफोन इओन ब्लेज मिनी (EON Blaze Mini) सार्वजनिक गरेको छ । कम्पनीले बजेट स्मार्टफोनको रुपमा ल्याएको यो फोनमा ४ इन्चको डिस्प्ले राखिएको छ भने १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर रहेको छ ।
यो स्मार्टफोनमा ८ जीबीको आन्तरिक स्टोरेज राखिएको छ जसलाई मेमोरी कार्डको सहयोगबाट ३२ जीबीसम्म पुर्याउन सकिन्छ । कम्पनीले यसकाे र्यामकाे बारेमा भने उल्लेख गरेकाे छैन् ।
फोटोका लागि इओन ब्लेज मिनीमा ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।
एन्ड्रोयडको मार्शमाल्लो ६.० भर्सनमा आधारित यो स्मार्टफोनमा २,०५० एमएएचको ब्याट्री छ भने जीपीएस नेभिगेसन रहेको छ ।
चौधरी ग्रुप मोबाइल डिभिजनका बिजनेश यूनिट हेड रमेश श्रेष्ठले भने, ‘ब्लेज मिनी सुपथ मुल्यमा सबैभन्दा पछिल्लो प्रविधिसहितको महत्वपूर्ण स्मार्टफोन हो । यो मोडलले लो मिड लेभलका ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्नेछ ।’
नेपाली बजारमा यो स्मार्टफोनको मूल्य रु. ५,५५५/- पर्ने कम्पनीले जनाएको छ ।
प्रकाशित: ६ मंसिर २०७३, सोमबार