Technology Khabar ३ मंसिर २०७३, शुक्रबार
काठमाडौं ।
काठमाडौं, ३ मंसिर । हिमालय एअरलाइन्सले अाउँदाे क्रिसमस, अंग्रेजी नयाँ वर्ष २०१७ र जाडो बिदालाई मध्यनजर गरेर कोलोम्बो, श्रीलंकाको लागि “Year End Special” अफर ल्याएको छ । एअरलाइन्सले दोहोरो टिकटदर प्रति व्यक्ति रु. ३९,५००/- देखि शुरु गरेर नेपाल र श्रीलंका बिच पर्यटन प्रवर्धन गर्न, व्यापार र लगानीको अवसर बढाउने आशा राखेको छ । उक्त टिकट दरमा एअरपोर्ट ट्याक्स, प्रशासनिक र ट्राभल एजेन्टको शुल्क भने लागु नहुने कम्पनिले जानकारी दिएकाे छ ।
यस विशेष अवसरमा रमाउनको लागि इच्छुक ग्राहकहरुले उक्त अफरअन्तर्गतको टिकट मंसिर १ गते देखि पुस १६ गतेसम्म खरीेद गरीसक्नु पर्नेछ भने मंसीर १ गते देखि चैत १८ गते सम्ममा कोलोम्बो यात्रा गरी सक्नुपर्ने छ । अफर लागू भएसम्म यात्रुहरुले, प्रति यात्री ३० किलोको सामान बोक्न पाउने सुविधा पाउने छ ।
एअरलाइन्सका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले भने,“छुट्टीहरुको मौसमका लागि आफ्ना सम्पूर्ण ग्राहकहरुमा “Year End Special” अफर गर्न पाउँदा हामी निकै नै हर्षित छौँ । हामी विश्वस्त छौँ कि उक्त अफरले यात्रुहरुलाई कोलोम्बोको अतुलनिय विविधता र विशिष्ट साँस्कृतिक सम्पदाको अवलोकन गर्दै नयाँ गन्तब्यमा रमाउने अवसर मिल्नेछ ।”
ग्राहकहरुले उक्त सेवाको टिकट एअरलाइन्स्को सेल्स र रेजर्भेशन कार्यालय अथवा आफूलाई उपयुक्त ट्राभल एजेन्टहरुबाट बुक गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: ३ मंसिर २०७३, शुक्रबार