Technology Khabar ३ मंसिर २०७३, शुक्रबार
काठमाडौं ।
काठमाडौं, ३ मंसिर । स्थानिय बजारमा आईफोन सेभेन (iPhone 7) तथा आईफोन सेभेन प्लसको (iPhone 7 Plus) माग अधिक हुँदा फोन यूनिटको अभाव भएको छ । आजदेखि आईफोन सेभेन तथा सेभेन प्लस आधिकारिकरुपमा बिक्रीका लागि उपलब्ध गराएको आधिकारिक आयातकर्ता तथा बितरक जेनेरेसन नेक्स्ट कम्यूनिकेसन प्रालिले आईफोनको निकै राम्रो माग भएको जानकारी दिएको छ ।
कम्पनीकाअनुसार आईफोन सेभेन र सेभेन प्लसको केहि स्टोरज संस्करणको अभाव भएको छ । हाल बजारमा १२८ जीबी स्टोरज भएको आईफोन सेभेन सिरिजको माग अधिक भएको हुँदा उक्त फोनको अभाव भएको कम्पनीका प्रबन्ध निर्देशक पवन भिमसरीयाले जानकारी दिए । ‘आईफोन सेभेनको माग अनुमान गरेको भन्दा पनि निकै बढि भएको छ,’ उनले भने, ‘अहिले भएको सबै सेटहरु बजारमा गईसकेको छ भने १२८ जीबी यूनिटको सर्टेज भएको छ ।’
हाल बजारमा १२८ जीबीको आईफोन सेभेन तथा आईफोन सेभेन प्लसको माग अधिक भएपनि अन्य स्टोरेज अप्सनका आईफोन भने उपलब्ध भएको उनको भनाई छ । ‘३२ जीबी र २५६ जीबी स्टोरेज अप्सनका सेटहरु स्टकमा छन र तिनको डिमाण्ड पनि कम छ,’ उनले थप गरे ।
कम्पनीकाअनुसार हाल बजारमा बुकिंग भएको १,००० यूनिट आईफोन पठाई सकिएको र थप ५०० यूनिटको माग आएको छ । उक्त आएको मागलाई पुरा गर्न जेनेसेसन नेक्स्टले थप आईफोन सेटहरु आयात गर्दैछ । ‘हामीलाई थप ५०० यूनिटको माग आएको छ भने अर्को ५०० यूनिटसहित १,००० यूनिट सोमबारसम्म नेपाल आईपुग्दैछ,’ प्रबन्ध निर्देशक भिमसरीयाले भने, ‘हामी ५,००० आईफोन बिक्री हुने अनुमान गरेर तयारी अवस्थामा बस्दैछौं ।’
हाल बजारमा जेट ब्ल्याक कलर तथा ब्ल्याक कलर अप्सनको आईफोन सेभेन संस्करणको माग भएको कम्पनीले जानकारी दियो । जेट ब्ल्याक एप्पलले हरेक वर्ष नयाँ कलर अप्सन थप गर्नेगरी यहि वर्ष आईफोन सेभेन सिरिजसँगै ल्याएको हो र यो कलर विश्व बजारमा निकै मन पराईएको छ ।
यसका साथै नेपाली बजारमा सेभेन प्लसमा ग्राहकहरुको बढि आकर्षण देखिएको प्रबन्ध निर्देशक भिमसरीयाले बताए । ड्यूल क्यामरा र वाटरप्रुफ विशेषताले गर्दा सेभेन प्लसमा बढि आकर्षित भएका हुन्,’ उनको भनार्इ थियो ।
बजारमा आईफोन सेभेन तथा सेभेन प्लस ३२ जीबी, १२८ जीबी र २५६ जीबी आन्तरिक स्टोरेजमा उपलब्ध हुनेछ भने विभिन्न पाँच वटा कलर अप्सनमा किन्न सकिनेछ । हाल नेपाली बजारमा ब्ल्याक, जेट ब्ल्याक, सिल्भर, रोज गोल्ड र गोल्ड गरि पाँच कलरमा उपलब्ध हुनेछ ।
आईफोन सेभेन सिरिज हाल इभो स्टोर फ्यूचर वल्र्ड, सोनु मोबाइल, एपेक्स डिजिटल तथा ओलीज स्टोरलगायतमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
प्रकाशित: ३ मंसिर २०७३, शुक्रबार