सिगेटकाे व्याकअप प्लस ५ टिबी ड्राइभ, विश्वकै अधिक क्षमताको बोक्न मिल्ने हार्ड ड्राइभ

Technology Khabar २ मंसिर २०७३, बिहीबार

काठमाडौं ।

काठमाडौं, २ मंसिर । सिगेटले (Seagate) डाटा स्टोरेज गर्न चाहनेहरुका लागि नयाँ ड्राइभको घोषणा गरेको छ । कम्पनीले व्याकअप प्लस ५ टिबी ड्राइभ (Backup Plus 5TB Drive) बजारमा ल्याएको छ, जुन अहिलेसम्मको सबैभन्दा अधिक क्षमताको डाटा ब्याकअप ड्राइभ हो । सिगेटको यो ब्याकअप प्लस ड्राइभलाई विश्वको सबैभन्दा अधिक क्षमताको ५ टिबी बोक्न मिल्ने हार्ड ड्राइभ पनि भनिएको छ ।

सिगेटले सार्वजनिक गरेको नयाँ ड्राइभमा पहिलो पटक बार्रा-कुडा ५टिबी ड्राइभ (Barra Kuda 5TB) विशेषता राखिएको छ जसले सिगेटको नयाँ २.५इन्च १ टिबी प्लेटर्स प्रयोग गरिएको छ ।seagate-bup-portable-5tb

व्याकअप प्लस सिगेटको ड्यासबोर्ड सफ्टवेयरसहित उपलब्ध हुनेछ, जसले ईजी लोकल, मोबाइल, क्लाउड, तथा सामाजिक मिडिया ब्याकअप गर्न सहज हुनेछ । यसमा एनटिएससी ड्राइभहरु म्याक अपरेटिंग सिस्टममा सहजीकरणका लागि राखिएको छ । त्यसैगरी यूएसबी ३.० कनेक्टिभिटी, तथा दिगोपनाका लागि अलुमिनियमसहित २०.५ मिलिमीटरको फर्म-फ्याक्टर राखिएको छ ।

सिगेटको ब्याकअप प्लस ५टिबी ड्राइभको मूल्य १९० अमेरिकी डलर तोकिएको छ जुन ड्राइभ यहि नोभेम्बरदेखि ब्ल्याक, सिल्भर, रेड, तथा ब्लू कलर अप्सनमा किन्न सकिनेछ ।

स्रोत  माध्यम

प्रकाशित: २ मंसिर २०७३, बिहीबार

तपाइको प्रतिक्रिया