आईएमईलाई उत्कृष्ट करदाता सम्मान

Technology Khabar २ मंसिर २०७३, बिहीबार

आईएमईलाई उत्कृष्ट करदाता सम्मान
????????????????????????????????????

काठमाडौं ।

काठमाडौं, २ मंसिर । रेमिटेन्स कम्पनी आईएमईले उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको छ । आन्तरिक राजश्व विभागले पाँचौं कर दिवसको अवसरमा आईएमईले उक्त सम्मान पाएको हो ।

रेमिटेन्स कम्पनीहरु मध्ये गएको आर्थिक वर्ष २०७१/७२ मा सबैभन्दा बढी कर तिरे वापत अर्थमन्त्री कृष्णबहादुर महराले आईएमई लिमिटेडका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गरेका हुन् । आईएमईले यो सम्मान विगत तीन वर्षदेखि निरन्तर पाउदै आएको छ ।

कम्पनीले हालसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका ५,२०० भन्दा बढी शाखा/सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित: २ मंसिर २०७३, बिहीबार

तपाइको प्रतिक्रिया