Technology Khabar २५ कार्तिक २०७३, बिहीबार
काठमाडौं ।
काठमाडौं, २५ कात्तिक । उत्कृष्ट क्यामेराका लागि विशेष लोकप्रिय स्मार्टफोन कम्पनी ओप्पोले आफ्नो दशैँ–तिहार लक्षित “ओप्पो विङ्गो अफर” योजनाको विजेता छनोट गरेको छ । काठमाडौंको ताम्राकार कम्प्लेक्समा एक कार्यक्रमको आयोजना गरी सर्वसाधारण माझ प्रत्यक्ष गोलाप्रथा मार्फत कम्पनीले विजेता छनोट गरेको हो ।
कम्पनीको “ओप्पो विङ्गो अफर” योजना अन्तर्गत गोलाप्रथा मार्फत पहिलो पुरस्कार जय प्रकाश र सुजाता मगरले प्राप्त गरेका छन् । तिनले कम्पनीको तर्फबाट १–१ थान स्काइवर्थ ब्राण्डको ४२ ईञ्च टीभी जितेका छन् । त्यसैगरी, कुपन नं. २४५१, १०९८, १३४०, ३७२७ र १०८३ रहेका ग्राहकले १–१ थान “ओप्पो एफ वान एस” स्मार्टफोन जितेका छन् ।
योजना अन्तर्गत १० जना “ओप्पो नियो सेभेन” स्मार्टफोन विजेताको पनि घोषणा गरिएको छ । कम्पनीका अनुसार कुपन नं १३३४, ३९७९, ११५२, ११२९, २५६८, २६२२, १०३५, ११७४, २६८१ र १३१५ रहेका ग्राहकले नियो सेभेन स्मार्टफोन जितेका छन् ।
कम्पनीद्वारा अक्टोवर १ देखि नोभेम्वर १ तारिखसम्म योजना सञ्चालन गरिएको थियो । लक्कि ड्र मार्फत छनोट भएका विजेतालाई एक विशेष कार्यक्रममार्फत पुरस्कार हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।
प्रकाशित: २५ कार्तिक २०७३, बिहीबार