पहिलो हाइपरलूप यातायात यूएईमा बन्रे, केबल १२ मिनेटमा १६० किमी यात्रा

Technology Khabar २४ कार्तिक २०७३, बुधबार

काठमाडौं ।

काठमाडौं, २४ कात्तिक । हाइपरलूप वानले (Hyperloop One) संयुक्त अरब इमिरेट्समा पहिलो पटक हाइपरलूप सिस्टम बनाउने भएको छ । हाइपरलूप वान र संयुक्त अरब इमिरेट्सले (यूएई) हाइपरलूप बनाउने घोषणा गरेका छन् ।

पहिलो व्यवसायीक हाइपरलूप ट्रान्सपोर्टेसन सिस्टम एच वान (H1) बनाउने घोषणा गरिएको हो । यो यातायात दूबईदेखि अबुधाबीसम्म निर्माण हुनेछ ।

दूबईदेखि अबुधाबीसम्म करिब १६० किलोमीटरको दूरी छ जुन सामान्यत कारबाट करिब दुई घण्टामा पुरा गर्न सकिन्छ । तर हाइपरलूपबाट भने करिब १२ मिनेटमा नै पुग्न सकिने एच वान कम्पनीले दाबी गरेको छ ।

हाइपरलूप वानले दूबई रोड्स एण्ड ट्रान्सपोर्ट अथोरिटीसँगको सहकार्यमा यो प्रणाली निर्माणको संभाव्यता मूल्यांकन गरेको छ । यो प्रणालीको अर्को चरणको विकासका लागि घोषणा गरिएको छ । यो संभाव्यता कम्पनीले आउँदो वर्ष अमेरिकाको नेभादा मरुभूमीमा बनाउने पूर्णतहको प्रोटोटाइप अर्थात नमुनाको परिक्षणका लागि पनि महत्वपूर्ण हुन्छ ।

कम्पनीको नमुना डिजाइन दूबईमा निर्माण हुने अर्को चरणको प्रकृयाको लागि एक भागको रुपमा हुनेछ । गत अगस्टमा कम्पनीका सह संस्थापक शेरर्भिन पिसेभारले पहिलो हाइपरलूपको बारेमा केहि उल्लेख गरेका थिए । कम्पनीले अक्टोबरमा डिपी वल्र्ड ग्रुप अफ दूबईबाट ५० मिलियन अमेरिकी डलर फण्डिंग रकम पाएको थियो ।

डिपी वल्र्ड ग्रुप अफ दूबई विश्वको सबैभन्दा ठूलो बन्दरगाह संचालक कम्पनी हो, जसले आफ्नो देशमा तथा विदेशभरका लागि कार्गो संचालन गर्नका लागि हाइपर सिस्टम बनाउने छ ।

यहि बिचमा हाइपरलूप वान कम्पनीले बन्दरगाह तथा प्रस्थान बिन्दुहरुका लागि बनाउने हाइपरलूपको ओरिजिनल डिजाइन खाका सार्वजनिक गरेको छ । यसमा दूबईबाट अबुधाबीसम्म यात्रु लागे हाइपरलूप सिस्टम जून एचवानको अटोनोमस ट्रान्सपोर्टेशन सिस्टमको डिजाइन छ ।

हाइपरलूप वानले यो सिस्टम बनाउन र कन्सेप्टको मुल्यांकन गर्नका लागि आर्किटेक्चर एण्ड इन्जिनियरिंग फर्म बिग र म्याकिन्सेसँग काम गर्नेछ ।

यसकाे ड्रिम परियाेजनाकाे भिडियाे पनि तयार पारिएकाे छ ।

https://youtu.be/fze5spdN3nU

माध्यम

प्रकाशित: २४ कार्तिक २०७३, बुधबार

तपाइको प्रतिक्रिया