Technology Khabar २२ कार्तिक २०७३, सोमबार
काठमाडौं ।
काठमाडौं, २२ कात्तिक । एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकहरुका लागि ‘रोमिङ् कम्बो प्याक’ योजना ल्याएको छ । यस अन्तर्गत एनसेलका ग्राहकले रोमिङमा रहेको बेलामा करसहित रु. १,५००/- मा भ्वाइस, एसएमएस र डेटा प्याकको मज्जा लिन सक्ने कम्पनीले जनाएको छ ।
कम्बो प्याक योजना भारत, अमेरिका, बेलायत, हङकङ, सिंगापुर, मलेसिया, थाइल्याण्ड लगायतका विभिन्न २५ देशहरुमा कात्तिक २२ गतेदेखि लागु हुनेछ । यो योजना सुचारु गर्ने एनसेलका प्रिपेड वा पोस्टपेड ग्राहकले आफु सम्बन्धित रोमिङ् देशहरुमा रहदा नेपाल र कम्बो प्याकमा रहेका अन्य देशहरुका लागि २५ मिनेटको बाह्य कल, २५ मिनेटको आगमन कल, २५ एसएमएस र २५ एमबि डेटा पाउनेछन् । प्याक अन्र्तगत उपलब्ध हुने यी सेवाहरुको प्रयोग गर्ने समयावधि ३० दिनको हुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “यसले रोमिङ्मा रहने हाम्रा ग्राहकलाई एउटै प्याकको माध्यमबाट भ्वाईस, एसएमएस र डेटा सेवाहरु सुलभ मुल्यमा उपलब्ध गराउने छ र भ्रमणका बेलामा सुलभ र सहज रुपमा सम्पर्कमा रहन मद्दत गर्नेछ ।”
प्याक प्रयोग गर्ने समयसीमा वा प्याकमा उपलब्ध भएको सेवाहरु उपयोग गरी सकेपछि हाल रोमिङ्का बेलामा लाग्दै आएको शुल्कहरु लागु हुने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: २२ कार्तिक २०७३, सोमबार