Technology Khabar २१ कार्तिक २०७३, आईतवार
काठमाडौं ।
काठमाडौं, २१ कात्तिक । वान प्लसले वान प्लस थ्रीको सक्सेसरको रुपमा नयाँ फोन ल्याउने तयारी गरेको छ । कम्पनीले यसअघि नै आगामी वर्ष सार्वजनिक हुने फ्ल्यागशिप स्मार्टफोनको काम शुरु गरिसकेको छ ।
हालै बाहिर आएको जानकारीअनुसार कम्पनीले वान प्लस फोरमा (OnePlus 4) स्न्यापड्रागन ८३०(Snapdragon 830) प्रोसेसर प्रयोग गर्नेछ, जुन अझै सार्वजनिक हुन बाँकी छ । यो जून जूलाईको कुनै समयमा सार्वजनिक हुन्छ ।

वान प्लसको नियमित घोषणा हुने समयमा नयाा फ्ल्यागशिप सार्वजनिक हुनेछ । यसअघि वान प्लस थ्री यो वर्षको जुनमा सार्वजनिक भएको थियो ।
स्न्यापड्रागन ८३० चिपसेट क्वालकमले अहिलेसम्म आधिकारिकरुपमा घोषणा गरेको छैन् तर सामसंगले गत महिना नै यसको उपस्थितीको बारेमा जानकारी दिएको थियो । यो १० नानोमिटर उत्पादन प्रकृयाबाट निर्माण हुनेछ । यो चिपसेट अक्टा कोर सेटअपमा हुनेछ जसले फोरके डिस्प्ले रिजोल्यूशन सपोर्ट गर्ने चर्चा गरिएको छ । यसले ८ जीबीको र्याम प्रयोग हुने अनुमान छ जुन सामसंगको ग्यालेक्सी एस ८ तथा ट्रींग फोनहरुका साथै माइक्रोसफ्टको सर्फेस फोनमा पनि यो प्रोसेसर प्रयोग हुने अपेक्षा गरिएको छ ।
यसका अतिरिक्त वान प्लस फोरमा ६ जीबीको र्याम हुने तथा प्रोसेसर ३ गीगाहर्जमा संचालन हुने अनुमान छ । एन्ड्रोयडको नुगटमा आधारित अक्सिजन ओएससहित आउने यो स्मार्टफोनमा ४,००० एमएएचको ब्याट्री रहनेछ ।
अर्कोतर्फ वान प्लसले यहि डिसेम्बर महिनामा वान प्लस थ्री टी (OnePlus 3T) फोन सार्वजनिक गर्ने तयारी गरेको छ । यसमा वान प्लस थ्रीको भन्दा अधिक शक्तिशाली प्रोसेसर अर्थात स्न्यापड्रागन ८२१ चीपसेट प्रयोग हुनेछ ।
वान प्लस थ्री टी ६४ जीबी र १२८ जीबी संस्करणमा आउने अपेक्षा गरिएको छ भने र्याम भने ६ जीबी नै रहेनछ ।
वान प्लस थ्री टी फोनको मूल्य करिब ४८० अमेरिकी डलरसम्म हुनसक्नेछ भने यसमा एमोलेड डिस्प्ले, सोनी आईम्याक्स १६ मेगापिक्सेलको रियर क्यामरा तथा एन्ड्रोयड नुगट (Nougat) रहनेछ ।
यसैबिच चीनबाट आएको अर्को जानकारीअनुसार वान प्लस थ्रीटी यहि नोभेम्बर १४ तारिखमा लण्डनमा सार्वजनिक हुनेछ ।
प्रकाशित: २१ कार्तिक २०७३, आईतवार