Technology Khabar १८ कार्तिक २०७३, बिहीबार
काठमाडौं ।
काठमाँडौ, १८ कात्तिक । किसानको सम्मान, स्वाभिमान राष्ट्र निर्माण, आर्थिक समृद्धिका लागि कृषिको विकास हाम्रो अभियान भन्ने मूल उद्घोषका साथ कृषि टेलिभिजनको औपचारिक रुपमा घोषणा गरिएको छ ।
कृषि टेलिभिजनका अध्यक्ष तेजविक्रम थापाले कृषि टेलिभिजनको औपचारिक घोषणा गरे ।
कृषि र आम किसानहरुका मुद्दालाई समेटने गरि यहि कात्तिक १४ गते ललितपुरको कुमारीपाटीबाट कृषि टेलिभिजनको २४ औ घण्टा परिक्षण प्रसारण शुरु भएको कम्पनीले जानकारी दिएको छ ।
देशैभरी एकै साथ केवल नेटवर्क मार्फत कृषि टेलिभिजनको प्रसारण हेर्न सकिने बताईएको छ । साथै स्मार्टफोन मार्फत विश्वको जुनसुकै स्थानबाट पनि हेर्न सकिने छ । यसका लागि स्मार्टफोनमा नेपाली च्यानल एफ डाउनलोड गरि कृषि टेलिभिजन हेर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: १८ कार्तिक २०७३, बिहीबार