सानिमा माई हाईड्रोपावरको हकप्रद साधारण शेयर निष्काशन सम्झौता

  • Technology Khabar | ११ कार्तिक २०७३, बिहीबार
सानिमा माई हाईड्रोपावरको हकप्रद साधारण शेयर निष्काशन सम्झौता

काठमाडौं ।

काठमाडौं, ११ कात्तिक । सानिमा माई हाईड्रोपावर लिमिटेडको ५ औं वार्षिक साधारणसभाबाट पारित भए बमोजिम कायम शेयरधनीहरुको लागि १ कित्ता शेयर बराबर १ कित्ता अर्थात रु. १,०५,५०,००० कित्ता हकप्रद शेयर निष्काशन गर्नको लागि एन.सि.एम.मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको जनाएको छ ।

उ    क्त कार्यको लागि सानिमा माई हाईड्रोपावर लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवर्ण दास श्रेष्ठ र एन.सि.एम मर्चेण्ट बैंकिङ्गको तर्फबाट प्रबन्ध संचालक बिजय लाल श्रेष्ठका बीच हकप्रद शेयर निष्काशन गर्ने सम्झौता गरियो ।

हकप्रद शेयर निष्काशन पश्चात हाईड्रोपावर लिमिटेडको जारी तथा चुक्ता पूंजी रु.२,११,००,००,०००/— कायम हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ११ कार्तिक २०७३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार