कतार एयरवेजको अल सफ्वा फस्ट लाउन्जलार्इ अन्तर्राष्ट्रिय अवार्ड

  • Technology Khabar | ३ कार्तिक २०७३, बुधबार
कतार एयरवेजको अल सफ्वा फस्ट लाउन्जलार्इ अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं ।

काठमाडौं, ३ कात्तिक । कतार एयरवेजको हमाद अन्तर्राष्ट्रिय विमानस्थल स्थित विशेष अल सफ्वा फस्र्ट लाउन्जलाई बहु प्रशिक्षित सेभेन स्टार फस्र्ट क्लास लाउन्ज अवार्डबाट सम्मानित गरिएको छ । सेभेन स्टार लग्जरी हस्पिटालिटी एण्ड लाइफस्टाइल अवार्ड्सले स्पेनमा १५ अक्टोबरमा आयोजित अवार्ड कार्यक्रम मार्फत कतार एयरवेजलाई सो अवार्डबाट सम्मानित गरेको हो ।
“अस्कर्स अफ लग्जरी” का रुपमा सम्मान प्राप्त उक्त अवार्ड वितरणका लागि संस्थाले उत्कृष्ट हस्पिटालिटी र लाइफस्टाइल ब्राण्ड्स मध्यबाट सर्वोत्कृष्टको छनोट गरी “सिल अफ एक्सिलेनसी” सम्मान प्रदान गरिन्छ । कतार एयरवेजको अल सफ्वा फस्र्ट लाउन्जसिल अफ एक्सिलेनसी’ अवार्ड प्राप्त गरी सिल अफ एक्सिलेन्सी प्राप्त संस्थापनाहरुको एलिट क्लासमा समाहित हुने अवसर प्राप्त गर्ने विश्वकै पहिलो लाउन्ज हुन सफल भएको छ ।
यात्रुहरुले आ ला कार्टे डायनिङ, फूल विजनेश सेन्टर, लग्जरी स्पा, सिनेम्याटिक मिडिया तथा गेम्स रुम तथा पारिवारिक क्षेत्रको मज्जा समेत लिन सक्छन् । प्राइभेट रुमहरुमा बेड, टीभी, डेस्क तथा शावर सहितको नीजि बाथरुम समेत उपलब्ध गरिएका छन् । साथै, उपभोक्ताले कतारको अरेबियन हस्पिटालिटीका साथै उपलब्ध गरिएका लग्जरियस स्पेसको मज्जा समेत लिन सकिने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित: ३ कार्तिक २०७३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार