अशोक लेलैण्डद्वारा भारतको पहिलो सर्किट इलेक्ट्रिक बसको अनावरण

  • Technology Khabar | ३ कार्तिक २०७३, बुधबार
अशोक लेलैण्डद्वारा भारतको पहिलो सर्किट इलेक्ट्रिक बसको अनावरण

काठमाडौं ।

काठमाडौं, ३ कात्तिक । हिन्दुजा ग्रुप अन्तर्गतको फ्ल्याग्शिप ब्राण्ड, अशोक लेलैण्डले भारतको पहिलो सर्किट इलेक्ट्रिक बसको आफ्नो चेन्नाई अवस्थित कर्पाेरेट अफिसमा सार्वजनिक गरेको छ । पूर्णतया भारतमा डिजाइन तथा इन्जिनियरिङ्ग गरिएको उक्त बस भारतीय रोड तथा लोडको अनुसार जिरो एमिशन भेहिकलको रुपमा अनावरण गरिएको हो ।

उक्त बसलाई भारतमा सन् २०२० सम्म इलेक्ट्रिक/हाइब्रिड भेहिकलको संख्या २० प्रतिशतले बढाउने लक्ष्य लिएको नेशनल इलेक्ट्रिक मोबिलिटी प्लान अनुरुप बजारमा ल्याइएको हो । जिरो टेलपाइप एमिशन तथा न्यून ध्वनि प्रदुषण बाहेक उक्त बसले संचालन खर्च पनि न्यून बनाउने दाबी गरिएको छ ।

अशोक लेलैण्डका म्यानेजिङ्ग डाइरेक्टर विनोद दशारीका अनुसार यस बसले ग्राहकहरुलाई करीब ४–५ वर्ष भित्रमा पे—ब्याक प्रदान गर्नेछ ।

अशोक लेलैण्डले हाल १२ टन बसको वर्गमा भारतमा ६० प्रतिशत बजार ओगट्न सफल भएको कम्पनीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ३ कार्तिक २०७३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...