एप्पलले तीन वटा साइजमा आईप्याडहरु ल्याउने, १० इन्चको नयाँ आईप्याड

  • Technology Khabar | १८ आश्विन २०७३, मंगलवार
एप्पलले तीन वटा साइजमा आईप्याडहरु ल्याउने, १० इन्चको नयाँ आईप्याड

काठमाडौं ।

काठमाडौं, १८ असोज । एप्पलको आगामी वर्षमा आउने नयाँ आईप्याडको बारेमा विभिन्न जानकारीहरु आउन थालेका छन् ।  यहि अगस्टमा केजीआईको एक रिपोर्टअनुसार एप्पलले नयाँ साइजको आईप्याड बनाउन सक्ने जानकारी आएको थियो । उक्त रिपोर्टअनुसार एप्पलले तीन नयाँ आईप्याडहरु सन् २०१७ मा सार्वजनिक गर्नेछ जसमध्ये एउटा १०.५ इन्चको हुनेछ ।

तर हालै अर्को रिपोर्ट जापानबाट आएको छ, जसअनुसार एप्पलले ९.७ इन्चको साटो १०.१ इन्चको आईप्याड प्रो बनाउने छ । माकोताकाराको रिपोर्टअनुसार ठूलो स्कीनको साइजमा १ सेन्टिमिटर लामो तथा ०.५ सेन्टिमिटर चौडाई बढाईनेछ ।

यसका साथमा कम्पनीले आईप्याड मिनी पनि निरन्तर उत्पादन गर्ने अर्को रिपोर्टमा अनुमान गरिएको छ । यो आईप्याड ७.९ इन्चको डिस्प्ले सहित आउनेछ । यसका साथमा कम्पनीले १२.९ इन्चको साइजमा पनि आईप्याड ल्याउनेछ । आईप्याड मिनीमा स्मार्ट कनेक्टर, चारवटा स्पीकरसहितको अडियो कनेक्टर, १२ मेगापिक्सेलको आईसाइट क्यामरा, ट्र्र टोन फ्ल्याश, तथा ट्रु टोन डिस्प्लेलगायतका नयाँ विशेषताहरु हुनेछ ।

१२.९ इन्चको आईप्याड प्रोमा पनि १२ मेगापिक्सेलको क्यामरा तथा ट्र्र टोन फ्ल्याशका साथमा ट्रू टोन डिस्प्ले राखिनेछ ।

तर नयाँ आईप्याडहरुमा भने अहिलेको नयाँ आईफोनको जस्तो ३.५ मिलिमिटरको ज्याक हटाउने छैन् ।

यी तीनैवटा आईप्याडहरु सन् २०१७को शुरुवातमा आउने अनुमान गरिएको छ ।

स्रोत माध्यम

प्रकाशित: १८ आश्विन २०७३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...