Technology Khabar १७ आश्विन २०७३, सोमबार
काठमाडौं ।
काठमाडौं, १७ असोज । ओबी वल्र्डफोनले (Obi Worldphone) दशैं र तिहारको महोत्सव अवसरलाई नयाँ प्रबर्दनात्मक योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत कुनैपनि ओबी वल्र्डफोनको खरिदमा ग्राहकहरुले होण्डा डियो स्कूटर वा सुनको सिक्का वा फिलिप्स एलसिडी टिभी दैनिकरुपमा जित्न सक्नेछन् ।
ओबी वल्र्डफोनको यो योजना यहि असोज १६ गतेदेखि कात्तिक ३ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । योजना अवधिभर ३ वटा होण्डा डियो स्कूटर, २३ वटा २४ क्यारेटको सुनको सिक्का तथा २३ वटा फिलिप्स एलसिडी टिभीहरु जित्न सकिने कम्पनीले जनाएको छ ।
योजनामा सहभागी हुनका लागि ग्राहकहरुले उक्त अवधिमा खरिद गरेको ओबी वल्र्डफोनको आईएमईआई नम्बर ३३००१ मा एसएमएसमार्फत पठाउनुपर्नेछ भने हरेक दिन भाग्यशाली बिजेता छनौट गरिने बताईएको छ । यो योजना ओबी एसएफ वान(Obi SF1), ओबी एसजे १.५ (Obi SJ 1.5) तथा ओबी एमभी वान (Obi MV1) स्मार्टफोनहरुको खरिदमा लागि हुने कम्पनीले जनाएको छ ।
प्रकाशित: १७ आश्विन २०७३, सोमबार