Technology Khabar १७ आश्विन २०७३, सोमबार
काठमाडौं ।
काठमाडौं, १७ असोज । चौधरी समूहको भगिनी कम्पनी सिजी मोबाइलले “बिगेस्ट क्यास ब्याक” (Biggest Cash Back) अफर बजारमा ल्याएको छ । विजया दशमी तथा दिपावलीको अवसरमा केही मोडलहरुमा क्यास ब्याक अफर ल्याएको जानकारी दिएकाे छ ।
कम्पनीले एस्ट्रो पीडिए (Astro PDA), ईओन थ्रीजी (EON 3G), ईओन एक्सप्रेस (EON Express), ईओन लाइट प्लस (EON Lite Plus), ईओन एज (EON Edge), ईओन इलाइट (EON ELite) तथा सिजी आईवेयर (CG iWear) मा क्यास ब्याक दिने छ ।
बढीमा रु. ४,००० (EON ELite) र कम्तीमा रु. ६०० (Astro PDA) क्यास ब्याक राखिएको छ ।
कम्पनीले कम मूल्यमा उच्च क्षमताको स्मार्टफोन चलाउन खोज्ने ग्राहकलाई लक्षित गरेर यो योजना ल्याएको र सिमित अवधिका लागि लागू गरिएको विज्ञप्तिमा उल्लेख छ ।
तल हेराैं टेबलमा क्यास ब्याक अफरमा पाइने छुट र मूल्य:-
| MODEL No. | MRP | Cash Back | Offer Price |
| Astro PDA | 2,999 | 600 | 2,399 |
| EON 3G | 4,599 | 900 | 3,699 |
| EON Express | 8,499 | 1,500 | 6,999 |
| EON Lite Plus | 8,999 | 1,500 | 7,499 |
| EON Edge | 11,999 | 1,500 | 10,499 |
| EON eLite | 19,999 | 4,000 | 15,999 |
| CG iWear | 4,444 | 1,111 | 3,333 |
प्रकाशित: १७ आश्विन २०७३, सोमबार