
काठमाडौं ।
काठमाडौं, ११ असोज । ताम्राकार हाउसले नेपालीहरुको महान पर्व दशैं, तिहारको अवसर पारेर विभिन्न छुट तथा उपहार योजना ल्याएका छन् । ताम्राकार हाउसमा रहेका मोबाइल व्यापारीहरुको संस्था मोबाइल व्यवसायी संघले यहि असोज १२ गतेदेखि लागुहुने गरि ‘यो दशैं तिहार, ताम्राकारमा उपहारै उपहार’ योजना ल्याएको हो ।
संघले मंगलवार पत्रकार सम्मेलन गर्दै ताम्राकार हाउसमा मोबाइल खरिद गर्दा ५ देखि ५० प्रतिशतसम्म कात्तिक २१ गतेसम्म छुट दिने जानकारी दिएको छ । त्यसैगरी ताम्राकार हाउस भित्रको जुनसुकै पसलमा मोबाइल खरिद गरेमा ग्राहकहरुले बजाजको एनएस २०० मोटरसाइकल प्राप्त गर्ने जानकारी दिएको छ ।
उपहार योजनाको पहिलो चरणमा असोज २१ गतेसम्म दैनिक एकजनालाई सामसंग ३२ इन्चको एलसिडी टेलिभिजन, दैनिक ३ जनालाई स्मार्टफोन तथा दैनिक १० जनालाई पावरब्यांक दिईने बताईएको छ । त्यसैगरी दोस्रो चरणको उपहार योजना दशैंपछि सार्वजनिक गर्ने आयोजकले जानकारी दिएको छ ।
नेपालको पहिलो मोबाइल हाउसको रुपमा संचालनमा रहेको ताम्राकार हाउसमा हाल दैनिक १० हजार ग्राहकहरु आउने दाबी गरिएको छ ।
प्रकाशित: ११ आश्विन २०७३, मंगलवार