Technology Khabar १० आश्विन २०७३, सोमबार
काठमाडौं ।
काठमाडौं, १० असोज । माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो नयाँ प्रस्तुति क्यू ४६२ क्यानभास ५ लाइट Q462 (Canvas 5 LITE) बजारमा ल्याएको छ ।
क्यानभास ५ लाइट फोन बजेट सिरिजमा आएको स्मार्टफोन हो । यसमा १.० गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने २ जीबी र्याम छ । यसमा १६ जीबीको आन्तरिक स्टोरेज छ जसलाई माइक्रो एसडी कार्डद्धारा बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।
यो फोनमा ५ इन्चको एचडी डिस्प्ले राखिएको छ भने फोटोका लागि ८ मेगापिक्सेलको अटोफोकस रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ ।
एन्ड्रोयडको ललीपप ५.१ अपरेटिंग सिस्टममा आधारित रहेको यो स्मार्टफोनमा २,००० एमएएचको ब्याट्री प्याक राखिएको छ ।
यसमा ड्यूल सिम तथा हाइब्रिड सिम स्लट छ भने थ्रीजी तथा फोरजी दुबै सपोर्ट गर्दछ । कनेक्टिभिटीका लागि यसमा वाईफाई, ब्लूटूथ लगायतका सुविधा पनि छन् ।
माइक्रोम्याक्सको क्यानभास ५ लाइट स्मार्टफोन नेपाली बजारमा रु.१२,१००/– तोकिएको कम्पनीले जनाएको छ ।
प्रकाशित: १० आश्विन २०७३, सोमबार