एशियन प्यासिफिक एसोसिएशन अफ बैंकिंग इन्स्टिच्यूटको सम्मेलन नेपालमा सम्पन्न

  • Technology Khabar | १० आश्विन २०७३, सोमबार
एशियन प्यासिफिक एसोसिएशन अफ बैंकिंग इन्स्टिच्यूटको सम्मेलन नेपालमा सम्पन्न

काठमाडौं ।

काठमाडौं, १० असोज । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट नेपालमा पहिलो पटक एशियन प्यासिफिक एसोसिएशन अफ बैंकिंग इन्स्टिच्यूटको “APABI Conference 2016” असोज ६ र ७ गते काठमाडाैंमा सम्पन्न गरेको छ ।

सन् १९८६ मा स्थापित संगठन एशिया प्रशान्त क्षेत्रका तीसभन्दा बढी मुलुकहरुको शीर्ष बैंकिङ्ग प्रतिष्ठानहरुको संगठन हो । यस संगठनको सन् २०१६ र २०१७ को दुई वर्षीय कार्यकालको अध्यक्षता एनबिआईले गरि रहेको छ ।

यस वर्षको सम्मेलनको विषय “Best Practices in Banking & Financial Industry’s Talent Development in Asia- Pacific” रहेको थियो । सम्मेलनमा सदस्य राष्ट्रहरु र अन्य राष्ट्रहरुको बैंकिङ्ग प्रतिष्ठानका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत तथा विषय विज्ञहरुको उपस्थिति रहेको थियो ।

सम्मेलनको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले सूचना प्रविधियुक्त समयमा बैंक तथा वित्तीय संस्थाहरुले आप्mनो पहिचान जोगाई राख्नको लागि दक्ष जनशक्तिको उत्पादन गर्नु अत्यावश्यक रहेको बताए । “सूचना प्रविधिसंगै आप्mना सेवाहरु बृहत रुपले विस्तार गर्ने क्रममा विभिन्न किसिमका समस्या तथा चुनौतीहरु सामना गर्नु परिरहेको छ । यसको साथै ईन्टरनेटको माध्यमबाट हुने अपराधका गतिविधिहरुको जोखिममा बृद्धि भैरहेको छ,” उनले भने ।

संगठनका अध्यक्ष तथा एनबिआईका प्रमुख कार्यकारी अधिकृत सन्जिब सुब्बाले सूचना प्रविधिको बढ्दो प्रयोग र नियमन निकायबाट हुने निर्देशनहरुको कारणले गर्दा बैंक तथा वित्तीय संस्थाहरुलाई जोखिम मुक्त सेवा तथा सुविधाहरु प्रदान गर्ने क्रममा निकै चुनौतीहरुको सामना गर्नु परि रहेको बताए ।

कार्यक्रममा कोरिया, हङकङ, पाकिस्तान, फिलिपिन्स, सिंगापुर, ताईवान, मलेसिया, भुटान, भारत, संयुक्त अरब ईमिरेट्स, कम्बोडिया, मंगोलिया, बङ्गलादेश, आदि देशहरुबाट सहभागिता रहेको थियो भने नेपाली बैंक तथा वित्तीय संस्थाहरुबाट १३२ जना सहभागीहरु रहेका थिए ।

प्रकाशित: १० आश्विन २०७३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार