
काठमाडौं ।
काठमाडौं, १० असोज । सुबिसु केवलनेटले दशैं तिहारको अवसर पारेर “दशैं तिहार योजना” प्रस्तुत गरेको छ । यस योजना अन्तर्गत ग्राहकले प्रस्तुत गरिएका ईन्टरनेट र क्लियर टिभि प्याकेजको खरिदमा निशुल्क क्लियर टिभी एचडी सेट टप बक्स र वायरलेस केबल मोडेम निः शुल्करुपमा प्राप्त गर्न सक्नेछन् ।
दशैं योजनाअन्तर्गत ग्राहकहरुले क्लियर टिभी अफर रु. २,९९९/-, केबल इन्टरनेट अफर रु. ५,९९९/-, केबल इन्टरनेट तथा क्लियर टिभी कम्बो अफर रु. ५,९९९/- अनलिमिटेड केबल इन्टरनेट तथा क्लियर टिभी कम्बो अफर रु. ७,९९९/- र फाइबर टु होम इन्टरनेट तथा क्लियर टिभी कम्बो अफर रु.९,९९९/– प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यो योजना सिमित अबधिका लागि लागू गरिएको छ साथै योजनामा सर्तहरु लागू हुने जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: १० आश्विन २०७३, सोमबार