Technology Khabar २९ भाद्र २०७३, बुधबार
काठमाडौं ।
काठमाडौं, २९ भदौ । सामसंगले ग्यालेक्सी ट्याब ए को नयाँ भर्सनमा ट्याबलेट सार्वजनिक गरेको छ । यो ट्याबलेटका साथमा कम्पनीले एस पेन (S Pen) पनि उपलब्ध गराएको छ ।
सामसंगको ग्यालेक्सी ट्याब ए (२०१६) (Galaxy Tab A [6]) हाल दक्षिण कोरियामा मात्र उपलब्ध छ तर छिटै नै अन्य बजारमा पनि उपलब्ध हुने अनुमान गरिएको छ ।
ग्यालेक्सी ट्याब ए (२०१६) १०.१ इन्चको डिस्प्ले राखिएको छ जसको रिजोल्यूशन १९२०x१२०० पिक्सेल रहेको छ । यसमा १.६ गीगाहर्जको अक्टा कोर एक्सनोज ७८७० प्रोसेसरद्धारा संचालन हुन्छ भने यसमा ३ जीबीको र्याम तथा ३२ जीबीको इन्टरनल स्टोरेज रहेको छ ।
सामसंगको नयाँ ट्याबलेटमा ८ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा छ भने यसमा माइक्रो एसडी कार्ड पनि सपोर्ट गर्दछ । यो ट्याब मार्शमाल्लो ६.० भर्सनमा आधारित रहेको छ, जून फोरजी एलटिई (4G LTE) सपोर्टसहित आउँछ । सामसंगले यो ट्याबमा७,३०० एमएएचको ब्याट्री राखेको छ जसले १४ घण्टासम्म प्रयोग गर्न सकिने बताईएको छ ।
सामसंगको ग्यालेक्सी ए ट्याबको नयाँ भर्सनको मूख्य विशेषता भनेको यसको साथमा आउने एस पेन हो, जुन ग्यालेक्सी नोट सेभेनसँगै (Galaxy Note 7) कम्पनीले दिईरहेको छ । त्यसैले यो एस पेनमा पनि ती सबै विशेषताहरु हुनेछन्, जून ग्यालेक्सी नोट सेभेनसँग आउने एस पेनमा उपलब्ध छ ।
सामसंगको ग्यालेक्सी ए ट्याब (२०१६) को मूल्य कोरियामा ४,८९,००० वन अर्थात करिब ४४० अमेरिकी डलर तोकिएको छ । तर कम्पनीले यसको मूल्य र अन्य बजारमा उपलब्धता बारे जानकारी दिएको छैन् ।
प्रकाशित: २९ भाद्र २०७३, बुधबार