एलजीको इलेक्ट्रोनिक्स उत्पादनमा उपहार योजना

Technology Khabar २९ भाद्र २०७३, बुधबार

काठमाडौं ।

काठमाडौं, २९ भदौ । एलजीले विभिन्न इलेक्ट्रोनिक्स तथा घरायसी सामग्री खरिद गर्दा हात खाली नजाने उपहार योजना ल्याएको छ।

लेट्स टुगेदर सेलेब्रेट वीथ एलजी’ नाराका साथ कम्पनीले टेलिभिजन, स्पीकर, रेफ्रिजेरेटर, वासिङ मेसिन, कुकिङ किट, मिक्स्चरलगायतका घरायसी उपकरण खरिद गर्दा उपहार तथा केही नगद फिर्ता दिने क्यासब्याक एण्ड स्योरसट उपहार योजना ल्याएको छ ।

उपहारमा ५५ इन्च वा सोभन्दा माथिको अल्ट्रा एचडी टेलिभिजनको खरिदमा एलजी साउण्ड बार, ४३ देखि ४९ इन्चसम्मको एचडी तथा सामान्य टिभी किन्दा ब्लुटुथ स्पिकर प्रदान गरिने कम्पनीले जनाएको छ। त्यसैगरी ४९ देखि ६० इन्चसम्मको स्मार्ट टिभी खरिदमा मल्टिमिडिया स्पिकर, ४० इन्चमाथिको टिभि किन्दा वायरलेस किबोर्ड, ३२ इन्चको स्मार्ट टिभी किन्दा इमर्जेन्सी लाइट ग्राहकले पाउने बताइएको छ।

रेफ्रिजेरेटर, मिक्स्चर, वासिङ मेसिन, कुकिङ किट, माइक्रोवेभ ओभनको खरिदमा एलजीको मल्टिमिडिया स्पिकर उपहारस्वरुप ग्राहकले पाउने कम्पनीले जनाएको छ। त्यस्तै एयर कन्डिसन्सरको खरिदमा निशुल्क जडानको सेवा दिइने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २९ भाद्र २०७३, बुधबार

तपाइको प्रतिक्रिया