भारतीय हवाईयात्रामा सामसंग ग्यालेक्सी नोट सेभेन प्रयोगमा रोक,अन्य मुलुकहरुमा पनि

  • Technology Khabar | २६ भाद्र २०७३, आईतवार
भारतीय हवाईयात्रामा सामसंग ग्यालेक्सी नोट सेभेन प्रयोगमा रोक,अन्य मुलुकहरुमा पनि

काठमाडौं ।

काठमाडौं, २७ भदौ । सामसंगले ग्यालेक्सी नोट सेभेन सार्वजनिक गर्दा निकै वाहवाही पाए पनि पछिल्ला दिनहरु भने निकै कठिन हुँदै आएका छन् । सामसंगको ग्यालेक्सी नोट सेभेनको ब्याट्री चार्जहुँदा पड्किने समस्या देखिएपछि कम्पनीले विश्व बजारबाट नै उक्त स्मार्टफोन फिर्ता गर्यो ।

त्यहि आधारमा कम्पनीले आफ्नो आम्दानी त गुमायो नै कम्पनीको साख पनि पछिल्लो दिनमा समस्यामा परेको छ । कम्पनीको ग्यालेक्सी नोट सेभेनले अझ धेरै समस्याहरु बेहोरेको समाचारहरु आईरहेका छन् ।

केहि दिनअघि अमेरिकाको फेडेरल एभिएसन एडमिनिस्ट्रेसनले हवाई यात्रामा यसको प्रयोगमा प्रतिबन्ध लगाएसँगै विभिन्न देशहरुले पनि प्रतिबन्धको सुचना जारी गरिरहेका छन् । हालै अमेरिकाको फेडेरल एभिएसन एडमिनिस्ट्रेसनलाई पछ्याउँदै भारत, क्यानाडा, र जापानले हवाई जहाजमा अन बोर्ड प्रयोगमा रोक लगाएका छन् । india_dgca_galaxy-note-7

अझ भारतले उक्त फोन हवाईजहाजको अन बोर्डमा प्रयोगका साथै बोक्न पनि प्रतिबन्ध लगाएको छ । भारतको नागरिक उड्डयन महानिर्देशनालयले उक्त स्मार्टफोन प्रयोग तथा बोक्न रोक लगाएको नोटिस जारी गरेको छ । त्यस्तै टान्सपोर्ट क्यानाडाले पनि एउटा स्टेटमेन्ट जारी गर्दै क्याबिनमा ग्यालेक्सी नोट सेभेन प्रयोग गर्न, बोक्न तथा चार्ज गर्न रोक लगाएको छ ।

सामसंगको ग्यालेक्सी नोट सेभेन जापान र भारतमा बिक्री हुने तयारीमा रहेको बेलामा यस्तो सूचनाले यसको बिक्रीलाई पक्कै पनि समस्यामा पार्नसक्नेछ ।

माध्यम

प्रकाशित: २६ भाद्र २०७३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार